मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

पाल्पाको रानीमहल: बेवास्ता र वर्षाको चपेटामा 'नेपालको ताजमहल'

भीम भण्डारी 1+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

पाल्पा । 'नेपालको ताजमहल' को उपनामले सुशोभित पाल्पाको ऐतिहासिक रानीमहल दरबार वर्षायाम सुरु भएसँगै उचित संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। उचित रेखदेख, रंगरोगन र सरसफाइको कमीका कारण दरबारका पर्खालहरू हरिया लेउले ढाकिएका छन्, जसले यसको मौलिक सुन्दरता र ऐतिहासिक महत्वलाई ओझेलमा पारेको छ। स्थानीयहरूका अनुसार, वर्षायाममा संरक्षणको अभावले रानीमहल दरबारको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ, जसले इतिहास बोकेको यो सम्पदाको भविष्यमाथि प्रश्नचिन्ह खडा गरेको छ।

संरक्षणमा उदासीनता र समन्वयको अभाव

यस्तो महत्त्वपूर्ण ऐतिहासिक सम्पदाको संरक्षणमा सरकारी तथा गैरसरकारी गरी करिब एक दर्जन संस्थाहरू क्रियाशील रहेको भनिए तापनि व्यवहारमा संरक्षणको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। संस्थागत समन्वयको अभाव, स्पष्ट कार्ययोजना र स्रोतसाधनको न्यून उपलब्धता तथा नियमित निरीक्षणको कमीले गर्दा रानीमहल जस्तो अमूल्य सम्पदा संरक्षणका प्रयासहरू सधैं केवल घोषणामै सीमित हुने खतरा देखिएको छ।

स्थानीय केशव बस्यालले भने, "नेपालमा भएका यस्ता महल, मठ, मन्दिरहरूलाई स्थानीय सरकारले समयमा सरसफाइ, संरक्षण गर्न सके पछि धेरै खर्च गर्नुपर्दैनथ्यो।" उनले रानीमहलको यस्तो अवस्थाले गलत सन्देश जाने र पर्यटकहरू पनि नआउने चिन्ता व्यक्त गरे।

पर्यटकको गुनासो: "फोटो खिच्दा लेउ मात्र आउँछ!"

रानीमहल घुम्न आएका भैरहवाकी दुर्गा भण्डारीले आफ्नो निराशा व्यक्त गर्दै भनिन्, "रानीमहल भनेर आइयो तर यहाँ आएर फोटो खिच्दा पुरै फोटो लेउ नै आउँदो रहेछ। यहाँ यस्तो देख्दा रानीमहलको राम्रो सन्देश जाँदैन।" उनले चाडपर्वमा देश-विदेशका पर्यटकहरू आउने गरेको उल्लेख गर्दै यस्तो ऐतिहासिक स्थललाई रंगरोगन गरेर राख्नुपर्नेमा जोड दिइन्।

भविष्य अनिश्चित, तत्काल कदम चाल्न आग्रह

रानीमहलको यस्तो दयनीय अवस्थाले नेपालको गौरवशाली इतिहासको एक महत्त्वपूर्ण अंशका रूपमा रहेको यस सम्पदाको भविष्य अनिश्चित बन्दै गएको छ। सरोकारवाला निकायहरूले यसको संरक्षणका लागि तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ। अन्यथा, 'नेपालको ताजमहल' ले आफ्नो चमक गुमाउने खतरा टड्कारो रूपमा देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार