मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नारायणगढ–बुटवल सडकमा रास्वपाको दबाबयात्रा आजदेखि

Ujyalosandeshonline 12431+ समाचार ( )
९ पौष २०८०, सोमबार

काठमाडौँ । नारायणगढदेखि बुटवलसम्मको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दबाब यात्रा गर्दैछ ।

रास्वपाका सभापति रवि लामिछानेले सडक निर्माणमा सरकारले बेवास्ता गरेको र निर्माण कम्पनीले लापरबाही गरेको भन्दै दबाबस्वरुप पैदल यात्रा गर्ने घोषणा गरेका हुन् ।

नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर तीन दिनसम्म लगाएर पैदल हिडेर पार गर्ने रास्वपाको तयारी छ ।

सभापति लामिछानेले भनेका छन्, ‘पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको बिलम्ब र अहिले यात्राक्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उदेश्य हो । यात्रामा मलाई पार्टीका नेतागण र सांसदहरूले पनि साथ दिँदै हुनुहुन्छ ।’

उनले यात्राका क्रममा दायाँबायाँ बस्ती छिरेर भेला गर्ने र कार्यक्रमहरू गर्ने समय अभाव भएको बताएका छन् ।

 ‘सबैका समस्या सुन्ने र सुझाव ग्रहण गर्ने इच्छा थियो । तर, यात्राको दिन लम्बिने भएकाले यसपटक त्यसकालागि समय छुट्याउन असमर्थ भएको छु,’ लामिछानले भनेका छन्, ‘यात्राको बीच–बीचमा स्वागत वा अन्य कार्यक्रम पनि नराख्न अनुरोध गर्दछु ।’

उनले यो यात्राका माध्यमबाट सांकेतिकरुपमा सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउन चाहेको समेत बताएका छन् ।

‘हाम्रो यात्राका कारण सवारी आवत् जावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि हामी सचेत छौँ । दबाब यात्रामा साथ दिन आउनु हुने कसैले पनि झण्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि बस्तु प्रयोग नगर्नसमेत आग्रह गर्दछु,’ उनले भनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार