मुख्य समाचार
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन | भीमफेदी दुर्घटनामा नागरिक गुमाएको शोकमा चक्रघट्टा गाउँपालिका बन्द, किरिया खर्चबापत रु ५० हजार दिइने | आस्था र एकताको पर्व छठ आजदेखि सुरु, मिथिलाका गाउँबस्ती छठमय | देउसीभैलोको नाममा 'अश्लील नृत्य' : भैरहवाबाट सल्यान, दाङ र गुल्मीका ३ युवती पक्राउ | भीमफेदी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार र पीडितलाई तत्काल राहत दिन माग | चिसापानीगढी दुर्घटना अपडेट : एकै टोलका १० सहित ११ जनाको मृत्यु, ६ घाइते | पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा |

कुलतबाट बच्न लुम्बिनीमा लागुऔषध सम्बन्धी सडक नाटक सुरु

Ujyalosandeshonline 12667+ समाचार ( )
१८ मंगशिर २०८०, सोमबार

लुुम्बिनी । रुपन्देहीको लुम्बिनीमा कुलतमा लाग्न नदिन नगरपालिकाले विशेष अभियान थालेको छ ।लुम्बिनीमा पछिल्लो समय युवा,युवतीहरु बढि लागुऔषध सेवन गर्ने गरेकाले लुम्बिनी साँस्कृतिक नगरपालिकाले लागुऔषध दुव्र्यसनी सम्बन्धी सडक नाटक आइतबार देखि सुरु गरेको हो ।लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ९को खुदावगर माध्यमिक विधालय,वडा न.७को कर्महवा मावि,वडा न.६को पर्साचोकमा सडक नाटक गरिएको आयोजकले जनाएको छ ।अवध थिएटर रुपन्देहीको प्रस्तुतिमा भएको सडक नाटक कार्यक्रममा जनप्रतिनिधी, विधार्थीहरु एवं आम जनताको सहभागिता रहेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलनमानले स्कुलले विधार्थीहरु,युवा युवतीहरु बढि कुलतमा लागेको समाचार आएकाले यसको रोकथाम र नियन्त्रणका लागी प्रयास थालिएको बताए ।लागुऔषधले मानवीय क्षेती संगै समाजमा विकृति फैलाउन टेवा दिने बताउँदै मेयर मुसमानले यसको नियन्त्रणका लागी सम्बन्धी सवै निकाय उत्तिकै जिम्मेबार बन्नुपर्ने उल्लेख गरे ।आगामी दिनमा समेत यि यस्ता सचतेनामुलक कार्यक्रमले निरन्तरता बताए ।

कार्यक्रममा बालबालिका भोलीका कर्णधार भएकाले हेरचाह र नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नगरपालिका उपमेयर कल्पना हरिजनले बताईन् । अभिभावकले आफना सन्तानहरुलाई बढि हेरचाह गर्नुपर्ने बताउँदै नगरपालिकाबाट कुलतमा लाग्न लागेका,फसेकाका लागी लक्षित सचेतनामुलक कार्यक्रम गरेको औँल्याईन् ।नगरपालिकाका सल्लाहकार मोहम्मद सईद खाँले लागुऔषध दुव्र्यसनीले व्यक्तिलाई मात्र नभई समाजलाई खराब बनाउने हुँदाको यसको नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए ।

कार्यक्रममा नगरपालिकाका न्यायिक समिति सदस्य तथा लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहम्मद हुसेनले समाजमा हुने विकृति धेरै जसो लागुऔषध सेवनले हुने बताएका छन् ।विधार्थीहरु तथा युवाहरुमा बढि लत कुलतको लागेको हुँदा यसो नगर्न लुम्बिनीका विभिन्न ठाउँमा सडक नाटक गरिने समेत हुसेनले बताए ।

कार्यक्रममा जनप्रतिनिधी,नगरपालिकाका शाखा प्रमुख लगायतको समेत उपस्थिति रहेको थियो ।लागुऔषध दुव्र्यसनी सम्बन्धी सडक नाटक आगामी मंसिर ३० गते सम्म लुम्बिनीका विभिन्न ठाउँमा सञ्चालन हुने बताईएको छ ।कुलतबाट बच्न लुम्बिनीमा लागुऔषध सम्बन्धी सडक नाटक सुरु

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार