मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

दाङ क्रिकेट लिग : पुरनधारा च्यालेन्जर्स विजयी

Ujyalosandeshonline 11566+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

दाङ । दाङको घोराहीमा सुरु दाङ क्रिकेट लिगको दोस्रो संस्करणको पहिलो खेलमा पुरन्धारा च्यालेन्जसर्सले विजयी सुरुआत गरेको छ ।

पुरनधारा च्यालेन्जर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित ग¥यो। देउखुरीले दिएको ९५ रनको लक्ष्य पुरनधाराले १२.३ ओभरमा ५ विकेट गुमाएर पुरा ग¥यो।

लक्ष्य पछ्याउने क्रममा पुरनधाराको लागि प्रणीत थापाले सर्वाधिक २६, राजु रिजालले २० , रित गौतमले १८ तथा कृष्ण कार्कीले अविजित ११ रन योगदान दिए। देउखुरीको बलिङमा कप्तान विशाल विक्रम केसीले ३ विकेट तथा सुभम खनाल र दीपक बोहराले १÷१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो।

देउखुरीको लागि आशिष ओलीले सर्वाधिक ३३, नारायण जोशीले २३ तथा विशाल विक्रम केसीले १६ रन योगदान दिए। पुरनधारा च्यालेन्जर्सको बलिङमा देब्रे हाते स्पिनर दीपेन्द्र रावत एक्लैले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ७ रन खर्चिए। कृष्ण कार्की, मोहन खत्री र राजवीर सिंहले १÷१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन मङ्गलवार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९ः३० बजे दंगाली लायन्स र तुलसीपुर रोयल्स तथा दोस्रो खेलमा दिउँसो १ः३० बजे पुरनधारा च्यालेन्जर्स र घोराही टाइगर्स बीच हुनेछ।

प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको  तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन्।

राउन्ड रोबिन फर्म्याटमा भइरहेको प्रतियोगिता फागुन १९ गते सम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार