मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

कांग्रेसभित्र सुदूरपश्चिमको मुख्यमन्त्री बन्न चार नेताबीच हानथाप

Ujyalosandeshonline 11540+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार नै आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टका अनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । 

राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० औँ दिनमा शुक्रबार मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए । लगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा पत्र बुझाएका थिए।

कांग्रेस र एमालेबीच भएको भागबण्डाअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ । कांग्रेसमा मुख्यमन्त्रीका लागि पूर्व मुख्यमन्त्री समेत रहेका कमलबहादुर शाह, प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले दाबी गरिरहेका छन् ।

मुख्यमन्त्रीका चारै जना आकांक्षीसँग छुट्टछुट्टै छलफल गरेका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसकेका छैनन् । देउवाले दिने निर्देशनअनुसार अघि बढ्ने प्रदेश संसदीय दलले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार