मुख्य समाचार
अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना | सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई | नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति | लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान |

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

रासस 548+ समाचार ( )
३० जेठ २०८३, शनिबार

तानसेन (पाल्पा) । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित छन् । जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयकुष्ट रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार जिल्लामा हालसम्म रहेका एचआइभी सङ्क्रमितमध्ये ३५४ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।

विभिन्न कारणले एचआइभी सङ्क्रमण भएकाहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालका ‘एआरटी सेन्टर’ बाट नियमित औषधि सेवन गरिरहेका हुन् । औषधि सेवन गर्नेमध्ये १२ जना बालबालिका रहेका न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा पाँच जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने भन्दै क्षयकुष्ट रोग अधिकृत न्यौपानेका अनुसार अपमान, भेद्भाव र लाञ्छनाका कारण समाजमा खुल्न सकिरहेका छैनन् । समाज हुनसक्ने तिरस्कारको डरले अझै पनि केही सङ्क्रमित खुल्न नसकेका उहाँको भनाइ छ । नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशिनेहरू एचआइभीको उच्च जोखिममा रहेका उहाँले जानकारी दिनुभयो ।

यसैबीच, स्वास्थ्य कार्यालय पाल्पाले सचेतना फैलाउन जनप्रतिनिधि, पत्रकार, प्रहरी र एचआइभी सङ्क्रमित तथा जोखिम समूहबीच अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरूले एचआइभी सङ्क्रमितले नियमित रूपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्नेमा जोड दिएका छन् । 

समयमा, नियमित औषधि सेवन गर्दा भाइरसको प्रभाव नियन्त्रणमा रहने, रोग प्रतिरोधात्मक क्षमता सुदृढ हुने तथा स्वस्थ जीवनयापन गर्न सहज हुने सहभागीहरूले बताएका हुन् । सङ्क्रमित व्यक्तिले एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) नियमित रूपमा सेवन गरेमा शरीरमा भाइरसको मात्रा न्यून रहने क्षयकुष्ट रोग अधिकृत न्यौपानेले बताउनुभयो ।

सरोकार भएका निकायका प्रतिनिधिले औषधि सेवनमा लापरबाही गर्दा उपचारको प्रभावकारिता घट्न सक्ने र स्वास्थ्य अवस्था जटिल बन्न सक्नेतर्फ सचेत गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले सङ्क्रमितलाई नियमित स्वास्थ्य परीक्षण गराउन, सन्तुलित आहार लिन र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिनुभयो । नेपाल परिवार नियोजन सङ्घ पाल्पाका प्रबन्धक शोवाकान्त न्यौपानेले एचआइभी लागेका व्यक्तिले नकारात्मक सोच राख्न नहुने भन्दै आधारभूत सेवा, शिक्षा, स्वास्थ्य र रोजगारबाट वञ्चित गराउन नहुनेमा जोड दिनुभयो । 

प्रतिबद्ध समूहकी प्रबन्धक अस्मिता भण्डारीले सङ्क्रमितहरू समाजको भय र त्रासले खुल्न नसकेका भन्दै सचेतनाको विकास गरी सङ्क्रमितलाई श्रासरहित वातावरणमा बाँच्न पाउने वातावरण सुनिश्चित गराउन सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सञ्चारमाध्यमबाट यसबारे सचेतनामूलक सामग्री प्रचारप्रसार गरी समाज परिवर्तनमा भूमिका निर्वाह गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार