बागमती प्रदेश लिगमा चौतारा स्पोर्टिङ्ग क्लबलको शानदार जीत

Ujyalosandeshonline 12435+ समाचार ( )
१३ पौष २०८१, शनिबार

हेटौंडा । चौतारा स्पोर्टिङ्ग क्लबले बागमती प्रदेश लिगमा शानदार जीत हासिल गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार भएको दिनको दोस्रो खेलमा चौताराले थिमी युथ क्लब भक्तपुरलाई ४–२ गोल अन्तरले पराजीत गरेको हो ।

चौताराको जीतमा एलिक श्रेष्ठ दुई गोल, सागर तामाङ, क्रिस सापकोटाले एक एक गोल गरे । चौतारा स्पोर्टिङ्ग सिन्धुपाल्चोक जिल्ला लिग च्याम्पियन हो भने थिमी भक्तपुर जिल्ला लिग च्याम्पियन हो ।

प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद दुई लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

लिगमा मकवानपुरको पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसीकाभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लब सहभागी हुनेछन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार