दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्याइयो

Ujyalosandeshonline 11164+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

भैरहवा । दलालको प्रलोभनमा परी भारतको बाटो हुँदै खाडी मुलुक लैजान लागिएका ४० जना नेपाली महिलालाई उद्धार गरी नेपाल ल्याइएको छ । दिल्लीस्थित नेपाली राजदूतावास, भारतीय प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को संयुक्त पहलमा उनीहरूको उद्धार गरिएको हो। उनीहरूलाई रुपन्देहीको सुनौली नाका हुँदै नेपाल ल्याइएको छ।

सामाजिक संस्था ‘किन इन्डिया’का संस्थापक नवीन जोशीका अनुसार, गैरकानुनी रूपमा दिल्ली पुर्‍याइएका ती महिलाहरूलाई उद्धार गरी आवश्यक प्रक्रिया पूरा गरेर नेपाल फर्काइएको हो। जोशीले ती महिलाहरूलाई घरेलु कामदारका रूपमा खाडीका विभिन्न पाँच देशमा पठाउने तयारी भइरहेको अवस्थामा उद्धार गरिएको बताउनुभयो।

दलालहरूले विभिन्न प्रलोभन देखाई उनीहरूलाई भारतको बाटो प्रयोग गरेर तेस्रो मुलुक पठाउन लागेका थिए। "खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिलाहरूमाथि शारीरिक तथा मानसिक यातना हुने र उनीहरू अलपत्र पर्ने क्रम बढेकाले यस्ता घटनामाथि हामीले निरन्तर निगरानी गरिरहेका छौं," जोशीले भन्नुभयो।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले उद्धार गरिएका महिलाहरूलाई काठमाडौं पठाउने तयारी भइरहेको जानकारी दिनुभएको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सरकारी तथा गैरसरकारी निकायहरूले सक्रियता बढाए पनि भारतको बाटो हुँदै महिलालाई तेस्रो मुलुक लैजाने क्रम भने रोकिएको छैन

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार