मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

चितवनमा ६४ प्रतिशत मत खस्यो

Ujyalosandeshonline 11564+ समाचार ( )
तस्बिरः नारायण अधिकारी/रासस
२१ फाल्गुन २०८२, बिहीबार

चितवन । आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चितवनमा ६४ दशमलव १२ प्रतिशत मत खसेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा आज बिहानदेखि भएको मत दानका क्रममा दुई लाख ८३ हजार ४२८ मत खसेको हो । जसमध्ये ६७ दशमलव २५ प्रतिशत महिला र ६० दशमलव ८९ प्रतिशत पुरुष रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

आज राति १०ः०० बजे सम्ममा तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका गणना स्थलमा आइपुग्ने छ । निर्वाचन आयोगका तर्फबाट गणनाका लागि सम्पूर्ण तयारी भएको भन्दै उहाँले उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेर गणना थाल्ने बताउनुभयो ।

चितवन क्षेत्र नम्बर १ को भुवानी शङ्कर कलेज खैरहनी, क्षेत्र नम्बर २ को उद्योग सङ्घको प्रदर्शनी केन्द्र भरतपुर र क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा गणना हुने छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए । जसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रोलिङ्गी थिए ।

जिल्लाका १६२ स्थल र ४९४ केन्द्रबाट मतदाताले मतदान गरेका हुन् । जिल्लामा आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ उम्मेदवार रहेका छन् । मतदान सकिएसँगै मग गणना स्थलमा मतपेटिका ल्याउने क्रम सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए । सो समयमा ६७ दशमलव १४ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार