मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

होली मिलन कार्यक्रमको सन्देश : संघीयता मान्दिन भन्नेहरुलाई सद्बुद्धि मिलोस

Ujyalosandeshonline 12437+ समाचार ( )
१० चैत्र २०८०, शनिबार

काठमकाडौं । नेपाली कांग्रेस बागमती प्रदेश भातृ संगठन समन्वय विभागले होली मिलन कार्यक्रमको आयोजना गरेको छ । शनिबार ललितपुरमा विभागले २०८० सालको होलीको सुखद उपलक्ष्यमा होली मिलन कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा नेपाली कांग्रेस बागमती सभापति इन्द्रबहादुर बाँनियाले होलीको शुभकामना दिँदै अहिले संघीयता मान्दिन भन्नेहरु नै सरकारमा रहेको भन्दै उनीहरुलाई संघीयता बलियो बनाउने बुद्धी मिलोस् भन्दै कामना गरे । 

उनले भने,‘संघीय व्यवस्थामाथि चुनौती बढेको छ । संघीयता मान्दिन भन्नेहरु आज सरकारमा छन् । त्यहिपनि आजको होली मिलन कार्यक्रममार्फत तिनीहरुलाई पनि हाम्रो शुभकामना छ । होलीले संघीयतालाई बलियो बनाउने सद्बुद्धि दिन सकोस । सरकारमा रहनेले सत्य, न्याय र गरिबको पक्षमा काम गर्न सकोस । स्टनबाजी गरेर हुने नहुने कुरामा अतिरञ्जीत गरेर, भ्रम सृजना गरेर जनतालाई भ्रमको खेती गर्न बन्द गरौं होलीमा हामी शुभकामना दिन चाहन्छौ ।’

उनले बिभिन्न जातजाती, भाषाभाषी सबैको साझा फुलबारीको रुपमा रहेको देशको संस्कृति र परम्पराको जर्गेना नेपाली कांग्रेसले गर्छ भन्ने उदघोषसहित होली मिलन कार्यक्रम आयोजना गरिएको पनि जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार