मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ मंगशिर २०८२, मङ्गलबार

काठमाडौँ ।  प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–८ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ३० वर्षीया उजुना श्रेष्ठ तथा कञ्चनपुर बेलौरी नगरपालिका–२ घर भई हाल ललितपुर टिकाथली बस्ने ४८ वर्षीय मानबहादुर रिसाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “श्रेष्ठले रोमानिया पठाउने भन्दै रु १० लाख तथा रिसालले चेक रिपब्लिक पठाउने भन्दै रु चार लाख, ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।” पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार