मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रही काम गर्न मन्त्री यादवद्धारा निर्देशन

Ujyalosandeshonline 12437+ समाचार ( )
३ असार २०८२, मङ्गलबार

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले बाढी पहिराका कारण निम्तिने सम्भावित जोखिमका लागि पूर्ण रुपमा सतर्क रही काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार  काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबीघाटस्थित निर्माणाधीन फोहर पानी प्रशोधन केन्द्रको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले गत वर्ष बाढीले पु¥याएको क्षतिको अनुभवलाई मध्यनजर गर्दै, यस वर्षसमेत सम्भावित जोखिमका लागि पूर्ण सतर्क रहन सम्बन्धित निकायलाई आग्रह गरे  ।

उनले भने, “गत वर्षको बाढीले निर्माणाधीन यस फोहर पानी प्रशोधन केन्द्रमा ठूलो क्षति पु¥याएको थियो । यसवर्ष पनि जोखिम आउन सक्छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्ण सतर्क रही काम गर्नु होला ।” अनुगमनका क्रममा मन्त्री यादवले फोहर पानी प्रशोधन केन्द्रको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेकाले यसले वातावरण संरक्षण र दिगो शहरी विकासतर्फ सकारात्मक सङ्केत दिएको उल्लेख गरे ।

यसैगरी मन्त्री यादवले फोहर पानीको वैज्ञानिक व्यवस्थापनमार्फत वातावरणीय संरक्षण तथा शहरी जनजीवनको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो परियोजना तोकिएको समयमा नै सम्पन्न हुने आफुले विश्वास लिएको बताए ।

सरकारले वातावरणीय संरक्षण र जनस्वास्थ्यको सुधारका लागि यस्ता फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको मन्त्री यादवले जानकारी दिए । उनले निर्माण कम्पनीलाई जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्नसमेत निर्देशन दिए । 

उक्त अनुगमनमा खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, एसियाली विकास बैंकका प्रतिनिधि, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख लक्ष्मिप्रसाद उपाध्याय, निर्माण कम्पनीका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार