मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

सामाजिक सञ्जाल नियमन गर्न कानूनको ड्राफ्ट तयार गर्नुपर्छः मन्त्री गुरुङ

Ujyalosandeshonline 12676+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालहरुको सञ्चालन, प्रयोग र नियमन गर्ने कानूनको ड्राफ्ट तयार भएको बताएका छन् । शुक्रबार गुरुङ सम्पदा पदमार्ग ‘गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल’ को शुभारम्भ तथा नक्सा विमोचन कार्यक्रममा उनले नियमन गर्ने कानून नहँुद समस्या भएको भन्दै यसको लागि मन्त्रालयमा कानूनको ड्राफ्ट तयार भएको बताएका हुन् । 

उनले भने, ‘सामाजिक सञ्जालहरुको सञ्चालन, प्रयोग र नियमन गर्ने कानून चाहियो, अहिले मन्त्रालयमा त्यो कानूनको ड्राफ्ट बनाउदैछाँै । केही समयमा मन्त्रिपरिषद्मा पुगेर अर्थ र कानून मन्त्रालयको सहमती लिएर संसदमा पेश गर्छाँै । यो वर्षभित्र हुन्छ । सूचना प्रविधि सम्बन्धी कानून पनि संशोधन गर्नुपर्नेछ ।’ 

यसको साथै, व्यवसायीहरुले पनि धेरै दुषित प्रतिस्पर्धा गर्ने गरेको भन्दै सबैलाई नियमन र व्यवस्थित गर्न नसक्दा अराजकता आएको पनि बताए ।

उनले भने, ‘हामीले सबैलाई नियमन र व्यवस्थित गर्न नसक्दा भद्रगोल, अराजकता, सबै भएको हो । व्यवसायीहरुले यति धेरै दुषित प्रतिस्पर्धा गर्छन् । उसको विरुद्धमा केही भयो भने सरकारविरुद्ध मुद्धा हानि हाल्छ काम गर्नै दिँदैन् । हाम्रो यो दूरसञ्चारको क्षेत्रलाई पनि व्यवस्थित गर्नुपर्ने छ । यसको लागि कानून चाहिन्छ, कानूनले बाधेको नै छैन् ।’

यस्तै, पर्यटनको उत्थानको लागि सरकारले बनाएको अन्तराष्ट्रिय विमानस्थल अधिकतम रुपमा प्रयोग गर्नुपर्ने पनि उनको भनाई छ । 

उनले भने, ‘गौतम बुद्ध र पोखरा दुईवटा अन्तराष्ट्रिय विमानस्थल जुन बनाएको छ । यी विमानस्थलहरुलाई सञ्चालन गर्नुपर्यो नि, ऋणमा बनेको छ हामीले ऋण खाएर बसेको छ त्यो तिर्नु परेन त्यसको लागि ती विमानस्थलहरु चल्नु परेन, पर्यटनको उत्थानको लागि यस्तो बनेको ठाँउहरुलाई राज्यले अधिकतम रुपमा प्रयोग गर्नुपर्यो नि, अन्तराष्ट्रिय विमानस्थलहरु चल्ने वित्तिकै अन्तराष्ट्रिय स्कुल, उद्योग पनि स्थापना हुन सक्छ । अब हामीले ती अन्तराष्ट्रिय विमानस्थल चलाउने भनेपछि केही गर्नको लागि पनि काठमाडौं आउन नपर्ने गरि व्यवस्था गर्नुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार