मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

मौलिकता जोगाउन सरकारले योगदान गर्छ : मन्त्री पाण्डे

Ujyalosandeshonline 11566+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्री पाण्डेले संस्कृती र मौलिकता जोगाउन मन्त्रालयबाट गर्नुपर्ने योगदान गर्ने बताएका छन् । काठमाडौंमा आयोजित पुस्तक विमोचनमा उनले मौलिकता भएन भने समाजको अस्तित्व नरहने भन्दै यसको संरक्षणको लागि काम गर्ने बताए । 

उनले भने, ‘मौलिकता समाजको लागि प्राण तत्व हो त्यो जोगियो भने मात्र हामीले भौतिक तत्वलाई सवल बनाउन सक्छौ । त्यो दिशामा हामीले यसको संरक्षण गर्ने काम अगाडि बढाउने नै छौ । हामीले हाम्रो मन्त्रालयबाट गर्नुपर्ने काम, योगदान र निर्णयका विषयमा प्रतिबद्ध भएको कुराको बचनबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’यसको साथै, उनले आज प्रकाशित पुस्तकले नेपाली कलाकार र कलालाई अन्तराष्ट्रियकरण गर्ने कुरामा पनि योगदान गर्ने बताए । 

उनले भने, ‘यो पुस्तकले नेपालको कलाको संरक्षणमा योगदान दिने छ । नेपाली कलाकारहरुलाई अन्तराष्ट्रियकरण गर्ने कुरामा पनि यसले योगदान गर्ने छ । यसको साथै पर्यटकहरुले पनि नेपाललाई एउटै पुस्तकभित्र देख्न र बुझ्न सक्न छ । सांस्कृतिक पर्यटनलाई पनि यसले बढावा दिने काम गरेको छ । पर्यटन प्रवद्र्धन मात्र होईन व्यापार र निकासी प्रवद्र्धनको दिशामा नेपालको कला, कृति र नेपालसँग भएको हस्तकलासँग सम्बन्धीत विशिष्ट हाम्रो जुन मौलिकता र पहिचान छ यसलाई प्रवद्र्धन गर्ने कुरामा पनि योगदान गर्ने छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार