त्रिदेवी बचत तथा ऋण सहकारीको १४औं वार्षिक साधारण सभा सम्पन्न

Ujyalosandeshonline 11139+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

धकधई । रुपन्देहीको रोहिणी गाउँपालिका-३, धकधईमा अवस्थित त्रिदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता तथा वडा नं. ३ का वडाध्यक्ष वीर बहादुर क्षेत्रीको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष शम्भु प्रसाद यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक विकासका लागि संस्थाले निरन्तर काम गरिरहेको बताए । उनले १३ औं साधारण सभामा वडाध्यक्षद्वारा गरिएको प्रतिवद्धता अनुसार गाउँपालिकाबाट संस्थालाई १ थान कम्प्युटर र प्रिन्टर सहयोग प्राप्त भएको जानकारी दिँदै स्थानीय सरकारलाई धन्यवाद ज्ञापन गरे ।

२०६८ साल असोज १ गते स्थापना भएको यस संस्थामा हाल ७४ महिला र १७५ पुरुष गरी कुल २४९ जना शेयर सदस्यहरू रहेका छन्। सभामा सचिव बिरेन्द्र कुमार गौड, लेखा समिति संयोजक प्रेमनाथ त्रिपाठी, ऋण उपसमिति संयोजक बाल सुग्रीव बर्मा र शिक्षा उपसमिति संयोजक फिरोज अहमद खानले आ-आफ्नो प्रतिवेदन पेश गरेका थिए । सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि मलखाद विक्री वितरण गर्ने, दैवीय प्रकोप राहत कोष कार्यविधि बनाउने, विनियम संशोधन गर्ने तथा लाभांश वितरण गर्ने लगायतका महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

सो अवसरमा एस.ई.ई. र एस.एल.सी. उत्तीर्ण विद्यार्थीहरू, संस्थाका ज्येष्ठ नागरिक शेयर सदस्यहरू, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीहरूलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष फिरोज अहमद खांले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सल्लाहकार मु. इद्रीश गददीले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष शम्भु प्रसाद यादवको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै