मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

शिक्षालाई वैज्ञानीकिकरण र आधुनीकिकरण गरौं : ज्ञानेन्द्र शाही

Ujyalosandeshonline 11566+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालको शिक्षा प्रणालीलाई परिवर्तन गर्ने विधेयक संशोधनका लागि प्रस्ताव अगाडि बढाउने बताएका छन् । 

शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा उनले इतिहास र धरोहर मासिदै गएको भन्दै शिक्षालाई वैज्ञानीकिकरण र आधुनीकिकरण गर्दै शिक्षालाई परिवर्तन गर्ने प्रयासमा रहेको बताए । 

उनले भने, ‘अहिलेको हाम्रो शिक्षा काम लाग्ने छैन् । हामी शिक्षालाई वैज्ञानीकिकरण र आधुनीकिकरण गर्छौ । हरेक विद्यार्थीले पढे भनेपछि काम अनिवार्य गर्न पाउने नीति ल्याएर शिक्षालाई परिवर्तन गर्ने विधेयक संशोधनका लागि प्रस्ताव अगाडि बढाउछौं । आज हाम्रो इतिहास, धरोहर मासिएको छ, त्यसकारण शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने भएको छ । ’ 

उनले नेपालमा मेडिकल शिक्षामा रुपान्तरण गर्नुपर्ने भन्दै यसका लागि कलेज खोल्न अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘राजनीतिभन्दा ठूलो कर्म हो, कर्म गरे राजनीति आफैं हुन्छ । अब विद्यालय सुधार ऐन आउँदैँछ । यसमा पहिलो कुरा नेपाललाई मेडिकल हब बनाउनुपर्छ । भारत, बङ्गलादेश, पाकिस्तान, चीनलगायतका विद्यार्थीले समेत नेपालमा मेडिकल पढ्न पाउनु पर्छ । यसका लागि मेडिकल कलेज खोल्न अगाडि बढ्नु पर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार