मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नवलपरासी पश्चिममा फरार पाँच प्रतिवादी पक्राउ

सितमती हरिजन 24+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

परासी । जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको ‘फरार प्रतिवादी पक्राउ अभियान’ अन्तर्गत उनीहरुलाई पक्राउ गरी कारागार चलान गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तका अनुसार पक्राउ पर्नेहरुमा जालसाजी, घरेलु हिंसा र चेक अनादर मुद्दाका प्रतिवादीहरु रहेका छन् ।

प्रहरीका अनुसार जालसाजी मुद्दामा जनही ७ हजार रुपैयाँ जरिवाना तोकिएका सरावल गाउँपालिका–७ का रामवेलास चमार, सरफुल्लाह धुनिया र प्रशु चमार पक्राउ परेका छन् । त्यसैगरी, घरेलु हिंसा मुद्दामा २ महिना १५ दिन कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएका प्रतापपुर गाउँपालिका–८ का ३० वर्षीय बसन्त बिन र चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना तोकिएका प्रतापपुर गाउँपालिका–७ का अजय कुमार कलवारलाई पनि नियन्त्रणमा लिइएको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी भुजहवाको संयुक्त टोलीले उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले उनीहरुलाई कारागार पठाइएको छ । पश्चिम नवलपरासी प्रहरीले फरार प्रतिवादीहरुको खोजी तथा पक्राउ अभियानलाई तीव्रता दिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार