मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 12673+ समाचार ( )
७ माघ २०८१, सोमबार

रौतहट । रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने इशनाथ नगरपालिका वडा न ४ को लतमरीबाट सशस्त्र प्रहरीले आईतबार राति पक्राउ गरेको हो ।

भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय वडा नम्वर ९ का २६ बर्षिय धनञ्जयकुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका गणपति (एसपी) विक्रम हुमागाईंले बताए ।

उनका अनुसार पक्राउ परेका ब्यक्तीको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जीन १ थान, ७.६७ मि.मि ४ राउण्ड गोली बरामद भएको छ । घटनास्थालबाट  विआर ०५ बीडी १२२४ नम्वरको  मोटरसाइकल बरामद गरिएको उनले जानकारी दिए ।

तीनजना व्यक्ति एक होटलमा बसेर खाजा खाइरहेको र गतिविधि शंकाष्पद रहेको खबर पाउन साथ सशस्त्र प्रहरी बलको टोलि  मठियाबाट खटिएको एसपी हुमागार्इंले बताए । 

आईतवार राति साढे ८ बजेको समयमा उक्त पसलमा सशस्त्र प्रहरीको टोलि पुग्दा दुई जना भागेपनि हतियार बोकेका एक जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएको छ । 

पक्राउ परेकाको आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भईरहेको रौतहट सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार