मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

गगन थापाको ‘संवाद यात्रा’ चैत्र १५ गतेबाट पुनः सुरु हुने

Ujyalosandeshonline 11566+ समाचार ( )
१४ चैत्र २०८०, बुधवार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चैत्र १५ गतेबाट ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्राको तालिका सार्वजनिक गर्दै नवलपरासीको गोपीगञ्जबाट यात्रा सुरु गर्न लागेका हुन् ।

गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार १५ चैत बाट सुरु गर्न लागिएको थापाको सचिवालयले जनाएको छ । ‘पहिला बिबिध कारणवस स्थगित ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत संवाद यात्रामा महामन्त्री गगन कुमार थापा चैत्र १५, १६ र १७ गते नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाड र  बाँके जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाले उत्त कार्यक्रममा सहभागिताका लागि सम्बन्धित जिल्लावासी सबैमा हार्दिक अनुरोध गर्दछौ,’ सचिवालयले एक सूचना जारी गर्दै जनाएको छ ।

१३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो ।

पार्टीले १६ माघदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो । पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो । बुढाथोकीको मृत्युपछि रोकिएको ‘समुदायमा कांग्रेस’ अभियानलाई निरन्तरता दिनेबारे भने पार्टीले निणर्य गरिसकेको छैन । महामन्त्री थापाले अलग्गै अभियान थालेपछि पार्टीभित्र उनको आलोचना समेत भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार