मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने

Ujyalosandeshonline 12437+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् । 

राजधानीमा आयोजित नेकपा माओवादी केन्द्रको सल्यान–काठमाडौं सम्पर्क समितिको छैटौं भेलालाई सम्बोधन गर्दै मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर नीति तथा कार्यक्रम बनाएको उल्लेख गर्दै त्यही नीति तथा कार्यक्रममा टेकेर अगामि आर्थिक वर्षको बजेट निर्माणलाई तिव्रता दिइएको बताएका हुन् । 

उनले भने, ‘सत्ता साझेदारी हुनेबेला नै सत्ताधारी दलहरुले न्यूनतम साझा कार्यक्रम घोषणा भएको छ । सरकारको प्रतिवद्धता पनि त्यही हो । त्यसैले साझा कार्यक्रममा टेकेर सरकारले नीति तथा कार्यक्रम बनाएको छ । सरकारले अगामी आर्थिक वर्षको बजेट निर्माण पनि सोही अनुसार बनाउन तल्लिन छ ।’

बजेट आउन केही दिन मात्र बाँकी रहेको भएपनि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको अवरोधका कारण केही अप्ठ्याराहरु रहेको उनको भनाइ छ । 

‘प्रमुख प्रतिपक्षी दलले गृहमन्त्री रवि लामिछानेको विषयमा केही कुरा उठाएको छ । त्यो कुराले निरन्तर संसद अवरोध हुँदै आइरहेको छ । तर प्रधानमन्त्री दाहालले  बजेट संसदको नियमित अभ्यासबाटै ल्याउन इच्छुक रहनुभएको छ । त्यसका लागि निरन्तर संवाद गरिरहनुभएको छ,’उनको भनाइ छ । आफूलाई सबैभन्दा ठुलो शक्ति भन्ने कांग्रेसले अरुका कुरा सुन्न नचाहने र राख्न नदिने अलोकतान्त्रिक काम गर्दै आएको मल्लको आरोप छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार