मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

नेपालमा पहिलो पटक ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा

Ujyalosandeshonline 12441+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

काठमाडौं । नेपालले पहिलो पटक ‘रेन्बो टुरिजम एम्बेसडर’(पर्यटन दूत) पाएको छ । नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तलाई ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा गरेको हो ।

नेपाल सरकार, पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र मायाको पहिचान नेपालले आयोजना गरेको समावेशी (रेन्बो) पर्यटन सम्भाव्यता राष्ट्रिय परामर्शमा पन्तलाई रेन्बो टुरिजम एम्बेसडर घोषणा गरिएको हो । 

पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, अमेरिकी राजदूतावास काठमाडौँका डेपुटी चिफ अफ मिसन जेसन पी.मिक्स, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी एम लादे, बेलायती दूतावासका स्याली डंकनले संयुक्त रूपमा पन्तलाई एम्बेसडर घोषणसहितको प्रशंसा पत्र प्रदान गरे । 

मिस डायमन्ड नेपाल २०२१ र साहसी कदम नेपालका उपाध्यक्ष सरोजी न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि नेपाल समावेशी रहेको सन्देश दिन पर्यटन दूत घोषणाले सहयोग गर्ने बताइन । कार्यक्रम सञ्चालन समेत मिस डायमन्ड सरोजीले गरेकी थिइन् । 

यौनिक तथा लैङ्गिक अल्पसंख्यक नागरिकको पहिचान र अधिकारका लागि नेपालमा पहिलो संस्थागत अभियान सुरु गर्ने पन्तलाई दूत घोषणा गरेर नेपाल यो समुदायका लागि समावेशी रहेको सन्देश प्रवाह गरेको पर्यटन बोर्डले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार