मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

२३ औं सामुहिक खेलकुद महोत्सव बुधबार देखि

Ujyalosandeshonline 11564+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

भैरहवा । सामूहिक विद्यालय परिवार रुपन्देहीले मङ्सिर २६ देखि २९ गते सम्म भैरहवामा ४ दिने २३ औं सामुहिक खेलकुद महोत्सव सञ्चालन गर्ने भएको छ । 

भैरहवा क्षेत्रमा रहेका नीजि विद्यालयहरुको यो संस्थाले स्थापना देखि वार्षिक रुपमा खेलकुद महोत्सव गर्दै आएको र यस पटक संस्थाले २३ आंै संस्करण अन्र्तगत “स्वास्थ्यका लागि खेलकुद, जीवनको लागि लागि खेलकुद” भन्ने नारा सहित खेल महोत्सव आयोजना गरेको परिवारका अध्यक्ष बसन्त पाण्डेले जानकारी दिए । 

नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम गर्ने तथा संस्थामा आबद्ध विद्यार्थीहरुको बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलाप गराउनु महोत्सवको लक्ष्य रहेको उनले बताए । आफुहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै समाज र रािष्ट्रयताप्रति जिम्मेवार असल नागरिक तयार पार्ने उदेश्य अनुरुप कार्यक्रमहरु गर्दै आएको पाण्डेको भनाई छ ।

महोत्सवमा ३ तहमा विभिन खेलहरु खेलाइने छ । सव जुनियर, जुनियर र सिनीयर तहमा छात्र÷छात्रालाई फरक फरक खेलहरु खेलाइने छ । प्रतियोगितामा परिवारमा आबद्ध २० विद्यालयहरुको सहभागीता रहने खेल संयोजक दिपक थापाले बताए । ४ दिन सम्म सञ्चालन हुने खेलमा १ हजार ३ सय बिद्यार्थी खेलाडीहरुले भाग लिने थापाको भनाई छ । 

संस्थाले स्थापना देखि विद्यार्थीहरु बीच हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, निबन्धलेखन तथा वाचन, कविता लेखन तथा वाचन, स्मरण खेल, चित्रकला, क्रिकेट, भलिबलहरु जस्ता प्रतियोगिताहरु समेत सञ्चालन गर्दै आएको छ । प्रतियोगिता पक्लिहवा कृषि क्याम्पस र पक्लिहवा माध्यमिक बिद्यालयमा आयोजना हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार