मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीको विवाद

Ujyalosandeshonline 11540+ समाचार ( )
२७ वैशाख २०८२, शनिबार

रामेछाप । जिल्लाको मन्थली–गेलु सडकको बफर खोला क्षेत्रमा भइरहेको निर्माण कार्यमा स्थानीय र निर्माण कम्पनीबीच विवाद भएको छ । नागबेली कन्स्ट्रक्सनले पूर्वाधार कार्यालय मार्फत निर्माण सुरु गरेको सो सडकमा खोला मिचेर सडक बनाएको तथा एआई र स्थानीय तहसँग कुनै समन्वय नगरी खोलाको ढुङ्गा, चोकर लगायतका सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । 

सो कम्पनीले उक्त सडक क्षेत्रमा फाउण्डेसन निर्माण सहित २ सय ४५ मिटर सडक ढलानको ठेक्का लिएको छ । मझुवा र सो खण्डमा गरी १ करोड २५ लाख रुपैँयामा काम लिएको कम्पनीका प्रमुख वीरबहादुर बरुवाल बताउँछन् । 

खोला थुनेर सडक बनाएको कारण खोलामा बाढी आउने बित्तिकै खेत बगाउने स्थानीय रेनुका श्रेष्ठ बताउँछिन् । सडक बनाउँदा खेतलाई पनि सुरक्षा हुने गरी पर्खाल लगाउनु पर्ने उनको माग छ । 

खोला चेपेर रोड बनाई खेत पट्टी खोला लगाइदिँदा आफ्नो खेत कटान हुने अवस्थामा पुगेको स्थानीय सुनिल माझी बताउँछन् । ‘खेत बगाउने गरी सडक बनाइनु त भएन नि, त्यस माथि आलीका ढुङ्गासम्म ल्याएर रोड बनाएपछि खेत बस्दैन, कुलो हो कि खोला हो भन्ने छुट्टाउनै गाह्रो भएको छ’, माझीले भने । 

उता निर्माण व्यवसायी वीरबहादुर बरुवाल आफूले स्टमेट अनुसार नै काम गरेको बताउँछन् । फाउण्डेसन बनाउँदा आएका स्थानीय सामाग्री मात्र आफूले प्रयोग गरेको उनले दाबी गरे । 

मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ निर्माण व्यवसायीले समन्वय नै नगरी काम गर्दा समस्या आएको बताउँछन् । निर्माण व्यवसायीले कानुन विपरित खनिजजन्य सामाग्री प्रयोग गरेको उनको भनाइ छ । उनले कामको गुणस्तरमा समेत प्रश्न उठाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार