पहिरोमा पुरिएर अर्घाखाँचीमा श्रीमान-श्रीमतीको मृत्यु

अनिल नेपाली 141+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

अर्घाखाँची । भूमिकास्थान नगरपालिका-१० मा पहिरोले पुरिँदा एक दम्पतीको मृत्यु भएको छ। घाँस काट्न जंगल गएका स्थानीय ६६ वर्षीय गोविन्द बुढामगर र उनकी ६७ वर्षीया श्रीमती श्यामकाला बुढामगरको सुक्खा पहिरोमा पुरिएर मृत्यु भएको हो।

साँझसम्म घर नफर्किएपछि प्रहरी र स्थानीयले खोजतलास गर्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए। प्रहरीले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार