मुख्य समाचार
डीआईजी खत्रीद्वारा रुपन्देहीका सीमावर्ती प्रहरी इकाइको निरीक्षण; सुरक्षा व्यवस्था कडा पार्न निर्देशन | कर्णाली विकासमैत्री कार्यक्रम तथा बजेट निर्माण मुख्यमन्त्री कँडेलको आग्रह | पोखरा विमानस्थल प्रकरणः १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन | कबुलियत गराएर भन्सार जाँचपास थालियो | शेरामा सडक स्तरोन्नति गरिँदै | आजको मौसमः लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना | हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने | एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने | राजविराज सडकको दुरावस्था |

प्रदेशस्तरीय यु–१६ क्रिकेटः दाङ र नवलपरासीलाई सफलता

Ujyalosandeshonline 11196+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

भैरहवा । दाङ र पश्चिम नवलपरासीले रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा दाङले बर्दियालाई हरायो भने तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नवलपरासीले पाल्पालाई ६९ रनले पराजित गरेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दाङले निर्धारित ३५ ओभरमध्ये ३३ ओभर २ बल खेल्दै अलआउट भई १ सय ७० रन बनायो । उसका लागि योगेश्वर कुंवरले ४२, सन्दीप थापाले २४, शुभम खनालले १९, चन्द्र थापाले १७ र दक्ष ठाकुरले १६ रन बटुले । बलिङमा बर्दियाका आकाश थापाले ३, हेमन्त आचार्य र सक्षम बुढाथोकीले २–२ तथा निराजन थापा र श्रीजन भुजेलले १–१ विकेट लिए ।

प्रतिउत्तरमा बर्दिया ३० ओभर ४ बलमा अलआउट हुँदै १ सय ४० रनमै रोकियो । उसका लागि केशव विष्टले ४० र हेमन्त आचार्यले ३० रन बनाए । बलिङमा दाङका दक्ष ठाकुरले ३, सन्दीप थापा र शुभम खनालले २–२ तथा करण घर्तीमगर र रिजन बुढाथोकीले १–१ विकेट लिए । खेलमा दाङका दक्ष ठाकुर प्लेयर अफ द म्याच भए ।

एक्स्ट्राटेक ओभलमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको नवलपरासीले निर्धारित ३५ ओभरमा २८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ३२ रन बनायो । उसका लागि आरोनजंग गिरीले २८, तिलक सापकोटाले २२, मनिष तिवारीले १४ र अजय चाईले ११ रन बनाए । बलिङमा पाल्पाका अमृत अर्यालले ४, दिवस अर्यालले ३, उपसन विक्रम जिसीले २ तथा कोशिश न्यौपानेले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको पाल्पाले २१ ओभर २ बलमा सबै विकेट गुमाएर ६३ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न नवलपरासीका आर्यन अली, तिलक सापकोटा र प्रेमसागर यादवले ३–३ तथा अजर्य चाईले १ विकेट लिए । पाल्पाका अमृत अर्यालले १३ र उज्वल पाठकले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन् । खेलमा नवलपरासीका तिलक सापकोटा प्लेयर अफ द म्याच घोषित भएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी छन् । जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमा स्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानामा संचालन भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार