मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर

Ujyalosandeshonline 12437+ समाचार ( )
११ असार २०८१, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले व्यवसायहरु अबका दिनमा पुरानै ढर्राले नचल्ने बताउँदै भित्रिदो प्रविधि र मेकानिजममा आधारित हुनुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफू बिग्रिएर गाली अरुलाई गर्न नहुने बताएका हुन् । 

उनले भने, ‘देशभित्र राम्रो अवसर छ । तर आ–आफ्नो व्यवसाय गर्दा स्वमूल्यांकन चाँहि गर्नुपर्छ । व्यवसायलाई पनि आधुनिकीकरण गर्नु आवश्यक छ । नयाँ प्रविधि र नयाँ मेकानिजमका आधारमा गर्न आवश्यक छ । हाम्रो व्यवसाय पुरानै ढर्रामा चलेका छन् । ग्राहकलाई घरमै सामान पुर्याइदिने संस्कृति विकास हुँदैछ । होइन, मेरो त पसलमै ग्राहक आएर खाइदेला भन्यो भने हुदैन । आफ्नो व्यवसायका मोडेल आफूले तयार गर्नुपर्दछ । आफू बिग्रिने गाली अरुलाई गरेर हुन्छ त ?’

राष्ट्र बैंक व्यापार व्यवसाय गर्नका लागि वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबै व्यवसायीहरुले आफ्नो व्यवसायको गुणस्तर बढाउँदै लैजानुपर्ने बताए । साउनको पहिलो हप्तामै मौद्रिक नीति ल्याउने दाबी गरेका अधिकारीले आवश्यक सुझावहरु संकलन गरिरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार