मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ठूला चुनौतिहरू जित्दै नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ : गर्भनर अधिकारी

Ujyalosandeshonline 12431+ समाचार ( )
३ पौष २०८१, बुधवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्रले ठूला चुनौतिहरू जित्दै गएको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै अधिकारीले बैंकिङ प्रणालीलाई सुरक्षित बनाउन बैंकरहरूको सहयोग महत्त्वपूर्ण रहेको बताएका हुन् ।

उनले भने, ‘जस्तोसुकै अवस्थामा पनि बैंकिङ क्षेत्र रिजिलियन्ट बनेर सुरक्षित भएको हो, कोरोनालगायत विश्वव्यापी समस्यामा पनि बैंकिङ क्षेत्र खरो बनेर उभिएको कारण नै आज हामी सुरक्षित छौं ।’ साथै गर्भनर अधिकारीले पछिल्लो समय पूँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढिरहेको बताए । उनले कयौं उतारचढाव र चुनौतीका बाबजुद नेपालमा बैंकिङ क्षेत्र स्थिर रहेको दावी गरे ।

उनले भने, ‘ऋणको साँवा–ब्याज उठ्न गाह्रो भइरहेको छ । यद्यपि, प्रोभिजन बलियो भएकाले बैंकलाई सुरक्षित बनाउन मद्दत पुगेको छ । प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचाएको छ , भूकम्प, कोरोना महामारी जस्ता चुनौती भोग्नु प¥यो, तर राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न काम गरि रहेको छ । यस्ता कयौं कठिन परिस्थितिमा पनि कुनै ठूलो क्षति हुन दिएनौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार