मुगुका बस्तीमा टेलीफोन सुविधाको अभाव

दान बहादुर बुढा 45+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

मुगु । हिमाली जिल्ला मुगुका गाउँहरुका बासिन्दा टेलिफोन अर्थात संचार सुविधाबाट बन्चित भएका छन् । जिल्ला बाहिर रहेका आफन्तहरुसँग कुराकानी गर्न मुगुबासीलाई समस्या भइरहेको छ । मुगमकामारोङ्ख गाँउपालिका वडा नम्बर २ को चितैकुना, तिचैगाँउ, दोल्फु, वाङ्खी र सोरुगाँउपालिकाको सीप, ख्याल्च, बुम्च, सीरुपाटा, गोयलपानि, रावलवाडालगायतका बस्तीहरु संचार सुविधाबाट बन्चित छन् । 

जिल्ला बाहिर रहेको आफन्तहरुलाई टेलिफोन सम्पर्क गर्न पनि डाँडाकाँडा र काठको पोलमा मोवाइल राखेर फोन गर्नुपर्ने बाध्यता रहेको सोरु गाँउपालिका वडा नम्बर ७ अर्जुन बहादुर बुढाले बताए । 

 मुगमकामारोङ्ख गाँउपालिकाका विकट बस्तीका बासिन्दा भने आधा घन्टा भन्दा टाढा गएर फोन गर्नुपर्ने बाध्यतामा छन् । राज्यले सिंहदरवारको अधिकार गाँउ गाँउमा भन्ने नारा मात्र सिमित राखेको स्थानीय ठिल्य लामाले बताए । 

सोरुगाँउपालिका भित्र रहेका दर्जन भन्दा बढी बस्तीहरुमा टेलिफान बाट हैरानी पाएका पालिकाबासीहरुको फोन सहजताको लागी नेपाल टेलिकम कार्यालयको प्रदेश, केन्द्रीय कार्यालयमा धेरै पटक धाउँदा धाउँदा बल्ल सोरुकोटमा टावर संचालनमा आएको छ । नेपाल टेलिकम कार्यालयले जिल्लामा अलपत्र परेकहा टावर निर्माण धमाधम रहेको जनाएको छ ।  


प्रतिक्रिया

सम्बन्धित समाचार