मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रूपन्देही सुपरलिगः साई ग्लोबल ५५ रनले विजयी

Ujyalosandeshonline 11540+ समाचार ( )
२३ चैत्र २०८२, सोमबार

भैरहवा । साई ग्लोबल क्लबले भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको सोमबारको खेलमा जित निकालेको छ । उसले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई ५५ रनले पराजित गर्दै जित हात पारेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले ४८ ओभर २ बलमा सबै विकेटको नोक्सानीमा २ सय १९ रन बनायो ।

उसका लागि अजय चाईले ६०, जितेन्द्र केवटले ४५, जावेद खानले ३७, सुभाष यादवले ३० र शैलेन्द्र यादवले १२ रन बनाए । बलिङमा लुम्बिनी शाक्यनका अजमत अलीले ४, आकाश गिरी र रोहित चन्दले २–२ तथा शाह आलमले १ विकेट लिए ।प्रतिउत्तरमा लुम्बिनी शाक्यन ३६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६४ रन बनायो ।

उसका लागि कमल विष्टले ३९, अब्दुर शेषले ३०, राहुल ढाडीले २४, शाह आलमले १८, आसिफ मुसलमानले १४ र आशिष नेपालले १० रन बनाए । बलिङमा साई ग्लोबलका शैलेन्द्र यादवले ३, जितेन्द्र केवटले २ तथा अनुप साहनी, सहज अर्याल, शिवकुमार गुप्ता र बासुदेव यादवले १–१ विकेट लिए । खेलमा अजय चाई प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए ।

प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाणिज्य संघले प्रायोजन गरेको छन् । यस्तै, म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रविकुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार