मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |
मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |


'एमाले नाम मात्रको कम्युनिष्ट, व्यवहारमा राणाशाही' : नवप्रवेशी नेता पाण्डेको आरोप

Ujyalosandeshonline 11171+ समाचार ( )
४ माघ २०८२, शनिबार

धकधई । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधईमा आयोजित एक भव्य कार्यक्रमका बीच नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी २५० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । रोहिणी गाउँपालिका स्तरीय बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका प्रभावशाली स्थानीय नेताहरूले नेपाली कम्युनिष्ट पार्टीको सदस्यता लिएका हुन् ।

पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य एवम् रोहिणी वडा नम्बर २ र ३ का इन्चार्ज प्रदिप कुमार पाण्डेसहित गाउँ कमिटी सचिव इमरान खान, एमाले क्षेत्रीय सचिव ओमप्रकाश यादव, जाहिद खान, वडा नम्बर २ का अध्यक्ष अनिरुद्ध खरविन्द, वडा नम्बर ५ का अध्यक्ष सञ्जय उपाध्याय, रोहिणी कमिटी लेखा समिति अध्यक्ष परसनाग गुप्ता, रामहित यादव र मोहम्मद अजिज मुसलमान रहेका छन् । त्यस्तै, लोसपाबाट जिल्ला सदस्य प्रेम सागर शुक्ल र राप्रपाका गजेन्द्र पाण्डे लगायतका व्यक्तित्वहरू पनि सोही अवसरमा पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सचिवालय सदस्य चक्रपाणि खनाल 'बलदेव' ले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी नेता प्रदिप कुमार पाण्डेले नेकपा एमालेको कडा आलोचना गर्नुभयो । उहाँले भाषणका क्रममा एमाले नाम मात्रको कम्युनिष्ट पार्टी भएको र व्यवहारमा सामन्ती तथा राणाशाही प्रवृत्तिबाट ग्रसित रहेको आरोप लगाउनुभयो। एमालेमा तीन वर्ष बिताउँदा आफूले त्यहाँ कुनै राजनीतिक संस्कार नपाएको र त्यो संगठन राजनीतिक दल जस्तो नभई अर्कै प्रकृतिको भएको महसुस गरेको उहाँको भनाइ थियो। उहाँले विगतमा बाटो बिराएर अर्को पार्टीमा जानु आफ्नो गल्ती भएको स्वीकार गर्दै अब सधैँ नेपाली कम्युनिष्ट पार्टीमै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेता पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि पनि तीखो प्रहार गर्नुभयो। रास्वपालाई 'घण्टीवाला पार्टी' र 'गिरजाघरको घण्टी' को संज्ञा दिँदै उहाँले सो पार्टी संघीयता विरोधी रहेको र त्यहाँका पदाधिकारीहरूले समावेशीतालाई स्वीकार नगरेको दाबी गर्नुभयो। रास्वपामा दलित, महिला, मधेशी, मुस्लिम र सीमान्तकृत समुदायका अधिकारका लागि कुनै स्थान नरहेको र त्यो केवल 'खस आर्यको पार्टी' मात्र भएको उहाँको तर्क थियो। उहाँले मधेशी र मुस्लिमहरूको हितमा काम नगर्ने देखिएपछि आफूहरू त्यहाँ टिक्न नसकेको बताउनुभयो।

अहिलेको राजनीतिक परिस्थितिमा संविधान र संघीयता खतरामा रहेको भन्दै उहाँले यसको रक्षाका लागि  नेपाली कम्युनिष्ट पार्टी नै अपरिहार्य शक्ति भएको बताउनुभयो । संघीयता र संविधान ल्याउने मुख्य शक्ति  नेपाली कम्युनिष्ट पार्टी नै भएको र यसको नेतृत्व प्रचण्ड र माधव नेपालले गरिरहनुभएको सन्दर्भ कोट्याउँदै उहाँले अब यही पार्टीमार्फत मात्र दलित, मुस्लिम, महिला, मधेशी र जनजातिहरूको अधिकार र सम्मान सुरक्षित गर्न सकिने जिकिर गर्नुभयो। रोहिणी गाउँ कमिटी इन्चार्ज छेदि गुप्ता भगतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न केन्द्रीय, जिल्ला तथा गाउँपालिका स्तरका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार