मुख्य समाचार
गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म | धौलागिरिका घुम्ती गोठ सङ्कटमा |

मोरङका आलगागीबाट लाखौँको धनमाल क्षति

Ujyalosandeshonline 11563+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

मोरङ । मोरङका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ८० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । 

सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा सोमबार राति आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट थापाको दुई तले घरसहित सुनचाँदीका गहना, तीन लाख रुपैयाँ नगदै, अन्न, भाँडा, कपडालगायत धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङकै कानेपोखरी गाउँपालिका–२ मा अर्जुन विष्टको घरमा राति  आगलागी हुँदा ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

आगलागीका कारण विष्टको ४ कोठे पक्की घरसहित धनमाल, नगद र केही चौपाया चलेको प्रहरीले जनाएको छ । विष्टको घरमा पनि बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दमकल प्रयोग गरी स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो निभाइएको थियो ।

सुख्खायाम र आगलागीका घटना हुने मौसम सुरु भएको भन्दै प्रहरीले सावधानी अपनाउन सर्वसाधारणलाई सूचित गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार