मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भैरहवामा बृहत् रक्तदान शिविर आयोजना, एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य

Ujyalosandeshonline 12431+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

भैरहवा । ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय नेपालले आफ्नी पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको १८ औं पुण्य स्मृति तथा विश्व भातृत्व दिवसको अवसरमा एक बृहत् रक्तदान शिविर आयोजना गर्ने भएको छ । "कसैको जीवन बचाउन सहयोग पुग्छ भने रक्तदान गरौँ" भन्ने मूल नाराका साथ आयोजना हुने उक्त शिविर आउँदो भदौ ६ देखि ९ गतेसम्म सञ्चालन हुनेछ ।

यस कार्यक्रमबारे जानकारी दिन भैरहवामा आयोजित पत्रकार सम्मेलनमा ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालय नेपालकी क्षेत्रीय प्रमुख, राजयोगिनी ब्रम्हाकुमारी शान्ती दिदीले रक्तदानलाई "महादान" को संज्ञा दिँदै यसले मानवीय जीवन रक्षामा अतुलनीय भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, "रक्तदान जीवन दान हो । हाम्रो सानो प्रयासले कसैलाई नयाँ जीवन दिन सक्छ, त्यसैले यस पुण्य कार्यमा सहभागी हुन म सबैलाई आह्वान गर्दछु ।"

प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको पुण्य तिथिलाई विश्वभरका ब्रह्माकुमारी केन्द्रहरूले विश्व भातृत्व दिवसका रूपमा मनाउँदै आएका छन् ।यसै अवसरमा नेपाल र भारतमा एकैसाथ बृहत् रक्तदान अभियान सञ्चालन गर्न लागिएको हो, जसअन्तर्गत एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य राखिएको छ ।

यो अभियान गम्भीर अवस्थामा रहेका र मृत्युको मुखमा पुगेका बिरामीहरूलाई जीवन दान प्रदान गर्ने तथा समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउने उद्देश्यले प्रेरित छ । रक्तदान कार्यक्रमले रगतको आपूर्ति सहज बनाउनुका साथै युवा पुस्तामा रक्तदान सम्बन्धी जनचेतना जगाउन पनि मद्दत पुर्याउने विश्वास लिइएको छ ।

विगत ५५ वर्षदेखि नेपालमा सक्रिय ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुता कायम गर्नका लागि आध्यात्मिक, नैतिक र मानवीय मूल्य मान्यताको प्रवर्द्धनमा काम गर्दै आएको छ । यो रक्तदान शिविर पनि त्यसैको एक हिस्सा हो । आयोजकले यस महान अभियानमा सक्रिय रूपमा सहभागी भई जीवन रक्षाको पुण्य कार्यमा योगदान दिन सम्पूर्ण नागरिकहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार