मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

खडेरीले खेतका धाँजा फाट्न थालेपछि किसान चिन्तित

Ujyalosandeshonline 11171+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

रौतहट । रौतहटमा प्रर्याप्त आकाशे वर्षा र सिँचाइको सुविधा नहुँदा अपेक्षानुसार धान रोपाइ हुन सकेको छैन । केहिले स्यालो ट्युबवेल र मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले   खेतको धाँजा फट्न थालेको छ ।  रौतहट सहित मधेश प्रदेशका जिल्लामा सिचाई र  पानीको अभावमा धान सुक्न थालेको किसानको गुनासो छ ।

चन्द्रपुर नगरपालिका किसान बलराम तिमल्सिनाका अनुसार आकाशे वर्षा नहँुदा धानबाली सहित जीव–जनावर र मानवलाई समेत समस्या परेको छ । आफूले मंहगो रकम खर्च गरेर मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फुट्न थालेको गुनासो गरेका छन । अहिले खडेरीका कारण स्यालो ट्युबवेल र मोटरमा पानी पनि आउन छाडेको उनको भनाइ छ ।

‘यहाँ चारैतिर  सुक्खा छ,’ उनले भने । आकाशे वर्षा नहुँदा सबैलाई चिन्ता छ । आकाशे वर्षा कुरेर बसेका किसानहरुको रोप्न उमारेको बिउ ब्याडमै सुक्न थालेको उनले बताए । यस वर्ष धान रोपाइँ कम भएको र खडेरीले जोगाउन मुस्किल भएकाले उत्पादन अपेक्षा अनुसार नहुने उनको दुखेसो छ । यहाँ बाग्मती, चादी, बकैया , झाझ, अरुव  नदी तथा  नहरको  पानीबाट खेतीयोग्य जमिनमा धान रोपाई हुने गर्दछ ।

तर नदी तथा नहरको पानी प्रर्याप्त नहुँदा संकट भएको कृषि ज्ञान केन्द्र गौरका निमित्त प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले बताए । अहिलेसम्म ५५ प्रतिशत मात्र धान रोपाइँ भएको उनले जानकारी दिए ।

यमुनामाई, गरुडा, गुजरा र चन्द्रपुर नगरपालिकामा ६० देखि ६५ प्रतिशत रोपाइँ भए पनि ईशनाथ र बौद्धिमाई नगरपालिकामा भने ४५ प्रतिशत मात्र भएको उनको भनाइ छ । रौतहटमा ३४ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि हालसम्म १८ हजार ७ सय हेक्टरमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार