मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

स्पष्ट विकासको खाकासहित मर्चवारको घरदैलोमा प्रमोद यादव, मतदाता उत्साहित

Ujyalosandeshonline 12441+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

मर्चवार । मर्चवार क्षेत्रमा चुनावी माहोल तातिँदै गर्दा नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार प्रमोदकुमार यादवले आफ्नो घरदैलो तथा प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन्। मतदाताको घरआँगनमा निकै सक्रिय देखिएका उनले आफ्नो अघिल्लो कार्यकालका उपलब्धिहरूको स्मरण गराउँदै यसपटकको चुनावमा रोकिएका र अधुरा योजनालाई बहसको मुख्य केन्द्रबिन्दु बनाएका छन्।

वि.सं. २०७४ सालको निर्वाचनमा विजयी भएर मर्चवार क्षेत्रको विकासका लागि विभिन्न योजना अघि सारेका यादवले २०७९ सालको निर्वाचनमा पराजित हुँदा ती कामले निरन्तरता पाउन नसकेको बताएका छन्। दोस्रो कार्यकालका लागि निर्वाचित हुन नसक्दा यस क्षेत्रका कतिपय पूर्वाधार र सामाजिक विकाससम्बन्धी योजनाहरू अलपत्र परेको दाबी गर्दै उनले ती अधुरा काम पूरा गर्ने अवसर दिन आम मतदातासँग अपिल गरेका छन्। उनको चुनावी एजेन्डाको मुख्य प्राथमिकतामा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सिँचाइ र रोजगारी रहेका छन्। मर्चवारको मुख्य सडक निर्माण सम्पन्न गर्ने, ग्रामीण सडक सञ्जाल विस्तार गर्ने, रिङरोड निर्माण गर्ने तथा स्थानीय अस्पताल, विद्यालय र रंगशालाको स्तरोन्नति गर्ने उनका प्रमुख प्रतिबद्धता हुन्।

चुनावी प्रचारका क्रममा उम्मेदवार यादवले नयाँ अनुहारको नाममा पुरानै प्रवृत्ति दोहोरिन सक्ने चेतावनी दिँदै त्यस्ता 'अवसरवादी प्रवृत्ति' प्रति सचेत रहन मतदातालाई आग्रह समेत गरेका छन्। आफू सधैँ जनताको माझमै रहेर हरेक सुखदुःखमा सहकार्य गर्ने नेता भएको बताउँदै उनले आफू नै युवा जोश र अनुभवी नेतृत्वको उपयुक्त संयोजन भएको दाबी गरेका छन्। यादवले रुपन्देही–४ मा आफूलाई परिवर्तनको सबैभन्दा विश्वसनीय विकल्पको रूपमा प्रस्तुत गरिरहँदा उनको चुनाव प्रचार अभियानमा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता देखिएको छ।

यसरी गाउँ–गाउँ पुग्ने क्रममा उनले स्थानीयका शिक्षा, स्वास्थ्य, खानेपानी, अस्पताल र पूर्वाधार निर्माणलगायतका समस्याहरूबारे नजिकबाट जानकारी लिइरहेका छन्। मतदाताका समस्या र गुनासा सुनेपछि आफू निर्वाचित भएको केही समयभित्रै जनतासामु गरेका सम्पूर्ण वाचाहरू पूरा गर्ने दृढ प्रतिबद्धता उनले व्यक्त गरिरहेका छन्। स्पष्ट विकासको खाका र प्रतिबद्धतासहित घरदैलोमा पुगेका प्रमोद यादवका चुनावी एजेन्डा सुनेर मर्चवारका मतदाताहरू पनि निकै उत्साहित देखिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार