मुख्य समाचार
विशेष अदालतद्वारा पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति | सभापति थापा - मन्तव्य | रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण | सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु | कोटहीमाई गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा | मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून | पाल्हीनन्दनकी उपाध्यक्षको पद गुम्यो, लुम्बिनीका मन्त्रीसहित ५ जनप्रतिनिधिमाथि कारबाही प्रक्रिया सुरु | मर्चवारीमाई गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक: ४७ करोडभन्दा बढीको बजेट अनुमान | रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी | भारतीय पर्यटकले पोखराका होटल भरिभराउ |

कर्णाली विकासमैत्री कार्यक्रम तथा बजेट निर्माण मुख्यमन्त्री कँडेलको आग्रह

Ujyalosandeshonline 11606+ समाचार ( )
तस्बिर: शुरबहादुर सिंह / रासस
२४ वैशाख २०८३, बिहीबार

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकासमा सहयोग पुग्ने कार्यक्रम तथा बजेट निर्माणमा लाग्न विकास साझेदारलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय, कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेशमा कार्यरत विकासका साझेदारसँगको समन्वय बैठक’मा उहाँले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी समन्वय तथा सहकार्य गरेर अगाडि बढ्न सुझाउनुभयो । 

विकास साझेदारलाई प्रदेश तथा स्थानीय सरकारसँगै भएर काम गर्दा मात्र अपेक्षित नतिजा आउने उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “प्रदेशका नाममा आएको बजेटको सदुपयोग र यसलाई बढाएर कार्यक्रम गर्न तथा कर्णाली विकासमा अधिकतम लगानीका निम्ति समन्वयात्मक बैठक राखिएको हो । अब नीतिगत सम्बन्ध माथि राखे पनि कार्यक्रमिक कुरा प्रदेश सरकारसँग बसेर गर्नुस् भन्न चाहान्छु ।” सबैको साझा प्रयत्नबाट मात्र सही परिणाम निकाल्न सकिने उहाँको भनाइ छ ।

प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णाली प्रदेशमा कार्यरत गैरसरकारी संस्थाले ‘कर्णाली संस्था’ भन्ने पोर्टल बनाएर काम गर्दा कुन संस्थाले कहाँ के काम गरिरहेका छन्? भन्ने जानकारी लिन सहज हुने बताउनुभयो । विकास साझेदारसँग सम्बन्ध, सहकार्य बढाउने र प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा साझेदारलाई सँगसँगै लैजाने हिसाबले छलफल थालिएको बताउनुभयो । 

बैठकमा कर्णालीमा कार्यरत युनिसेफ नेपाल, युएन वमन, युएनएफपिए, डब्लुएचओ, डब्लुएफपी, आइएलओ, युएनडिपी, वल्र्ड भिजन इन्टरनेशनल, सिविएम ग्लोबल, आइपास, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेश्नल, विलिङ्क नाओ फाउण्डेसन, हेल्भटास, सुस्वा, द एशिया फाउण्डेसन, स्वीस कन्ट्रयाक्ट, लिस्प, जिआइजेट, लक, केयर नेपाल, आइएनएफ, पिनलगायत विकास साझेदार संस्थाले कर्णालीको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, जलवायु परिवर्तन, लैङ्गिक हिंसा, सामाजिक न्याय तथा मानव अधिकारका क्षेत्रमा काम र आगामी दिनमा गरिने योजना तथा कार्यक्रमको प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार