मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

गृहमन्त्री गुरुङद्वारा प्रहरीलाई जिम्मेवारी बहन गर्न निर्देशन

Ujyalosandeshonline 11540+ समाचार ( )
१८ चैत्र २०८२, बुधवार

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर कार्यालय, काठमाडौँको निरीक्षण गर्नुभएको छ । उहाँले आज प्रहरी कार्यालयको निरीक्षण गर्दै जिम्मेवार र पारदर्शी भएर जनहितमा काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँलाई उच्चपदस्थ प्रहरी कर्मचारीले स्वागत गर्नुभएको थियो । गृहमन्त्री गुरुङले निरीक्षणपछि प्रहरीलाई समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न/गराउन आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्न निर्देशन दिनुभयो ।

प्रहरीले कर्तव्यपालना गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने बताउँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले प्राप्त गरेको कुशलताको प्रशंसा र्नुभयो । गृहमन्त्री गुरुङले आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै नागरिक र प्रहरीबीच मित्रवत् सम्बन्ध कायम राख्न शिष्ट बोली, वचन र व्यवहार आवश्यक पर्नेमा जोड दिनुभयो । उहाँले नागरिकका समस्या समाधान गर्न शिष्टताका साथ लाग्नुपर्ने बताउनुभयो । समाजले प्रहरीप्रति हेर्ने दृष्टिकोणलाई सकारात्मक परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले त्यसका लागि उत्कृष्ट सेवा प्रवाह महत्वपूर्ण माध्यम रहेको धारणा राख्नुभयो ।

नागरिकको सेवालाई केन्द्रमा राखेर प्रहरीले सेवा उपलब्ध गराउन सुझाव दिँदै गृहमन्त्री गुरुङले विभिन्न प्रकारका विपद् व्यवस्थापनमा प्रहरीले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीलाई थप आत्मनिर्भर र सशक्त बनाउन साधनस्रोतयुक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमको व्यवस्थापन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार