पानी भरेको निहुमा दलित महिलामाथी कुटपिट

अनिल नेपाली 141+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका-४ निगालीटोल बस्ने २२ बर्षिया प्रिति बिकलाई  छिमेकीले निर्घात कुटपिट गरेका छन् । बुधबार बिहान  धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय  डिलाराम रिजालले बिकलाई निर्घात कुटपिट गरेका हुन् ।

रिजालको कुटाईबाट सख्त घाइते भएकी बिकको जिल्ला अस्पतालमा  सन्धिखर्कमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक अनुसार बिकको शरिरमा थुप्रै निलडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका थुप्रै चोट छन् ।रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै बिकलाई गाली गलौज गरेका थिए । ‘मेरो जग्गामा भएको पँधेरामा तिमीहरुले पानी भर्न पाउँदैनौँ ।

अबदेखि यो मन्दिरदेखि तल झरेर पानी लिन आउने होइन,’ भन्दै बिकमाथि जाइलागेको स्थानीयले बताए । रिजालले बिकलाई लठ्ठी र मुक्का प्रहार गरि निर्घात कुटपीट गरेका थिए । रिजाललाई प्रहरीले पीडितको उजुरीका आधारमा तत्काल पक्राउ गरेकाे  जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए । उनले भने, ‘पीडकलाई पक्राउ गरिएको छ । उनीमाथि अनुसन्धान भइरहेको छ ।’ पीडितको जाहेरीका अधारमा हातपात, गाली बेइजत्ती तथा अभद्र ब्यवहार सम्वन्धि मुद्धमा पीडकलाई कारवाही हुन सक्ने उनले बताए का छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार