लायन्स क्लव काठमाडौंका नवनिर्वाचित पदाधिकारीले गरे पदस्थापना

Ujyalosandeshonline 12436+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

काठमाडौं । लायन्स क्लव काठमाडौं, लियो क्लब मीनभवन र सिष्ट लायोनटिक २०२४–२५ का नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापना गराइएको छ । पदाधिकारीहरुलाई डिस्ट्रिक ३२५ डि गर्भनर लायन सुरेन्द्र प्रकाश वलायेले पदस्थापना गराएका हुन् ।

२०८१ साउन १८ गते बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेको विशेष अथिति एवम जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा लायन्सको महत्वका बारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा डिष्ड्रिक डि गर्भनर वलायेले लायन्सको अन्तर्राष्ट्रिय मूल्य मान्यता र देशको गरिमालाई कायम राख्दै सेवाका कामलाई अगाडि बढाउन सुझाव दिए ।

कार्यक्रममा काठमाडौं महानगर वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, मल्टिपल काउन्सिल चियर पर्सन लायन कुमार लामाले पनि शुभकामना मन्तब्य राखेका थिए। 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद गौतम, लियो क्लब मीनभवन र सिष्ट लायोनटिकका प्रेसिडेन्ट लियो आयुष भण्डारी र विप्लव अधिकारीले लायन्स क्लव र लियो क्लवले सेवा भावका आधारमा काम गर्ने प्रतिवद्धता जनाए ।

हलमा करिब १ सय १७ जना सहभागी रहेको कार्यक्रम क्यलबका सचिव लायन अपार खड्का र कोषाध्यक्ष गोपाल तन्डुकारले संयुक्त रुपमा संचालन गरेका थिए । 

क्लवको नवनिर्वाचित प्रेसिडेन्डमा लायन गोविन्द गौतम, सचिवमा लायन अपार खड्का, कोषाध्यक्षमा लायन गोपाल तन्डुकारलगायत १८ जनाको कार्य समिति रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार