मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

गृह मन्त्रालयद्धारा गुनासो सुनुवाई कक्ष स्थापना

Ujyalosandeshonline 12437+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाण्डौं । गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानूनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित सम्वन्धित नागरिकका गुनासो, जिज्ञासा र सुझावको विभिन्न माध्यमबाट सम्बोधन गर्दै आएको जनाएको छ ।

‘मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन गुनासो सुनुवाई कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने,‘मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धीत गुनासोहरु सेवाग्राहीले सम्बन्धित निकायकोको हकमा सोही निकायको प्रमुख वा विभागीय प्रमुख समक्ष गुनासो गर्न सकिनेछ ।’

उनले गुनासो कक्षबाट मन्त्रालय र अन्र्तगतका निकायमार्फत प्रवाह हुने सेवा सम्वन्धी गुनासो विभिन्न माध्यम र प्रक्रियाबाट राख्न सकिने जानकारी दिए ।

‘प्राप्त गुनासो सम्वन्धीत निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारी मार्फत प्राथमिकताका साथ सुनुवाई र फछर्यौट गर्ने व्यवस्था मिलाइएको छ,’ प्रवक्ता तिवारीले भने,‘सम्वन्धित निकायबाट गुनासो सुनुवाई हुन सकेमा गुनासो कक्षको ईमेल, फेसबुक (हेलो गृहमन्त्रालय), एक्स हेलो गृह, ह्वाट्सएप (९८५१३६०६०३ र हुलाकमार्फत लिखित रुपमा पनि गुनासो राख्नु सकिनेछ ।’

गृहमन्त्री रमेश लेखकले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवा थप सुदृढ बनाउन गुनासो कक्ष स्थापनामा जोड दिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार