मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

साहसिक खेल विधा प्रदेशको प्राथमिकता : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12431+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनु भएको छ । पाँच वटा विभिन्न विधामा विश्व रेकर्ड राख्न सफल नेपाली सेनामा कार्यरत हरिचन्द्र गिरी संगको भेटमा मुख्यमन्त्री आचार्यले साहसिक खेल विधालाई प्रदेश सरकारले प्राथमिकितामा राख्ने बताउनु भएको हो ।

‘लुम्बिनी प्रदेशको नाम चिनाउन यहाँले गर्नुभएको मेहनत र परिश्रमको प्रदेश सरकारले उच्च प्रशंसा गर्दछ । आगामी दिनमा थप विधामा रेकर्ड बनाउनेगरी आफ्नो भूमिका बढाउनु होला’मुख्यमन्त्री आचार्यले भन्नुभयो,–‘प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय बनाएका छौं । अव युवा र खेलकुद क्षेत्रको विषय सोही मन्त्रालयले हेर्नेछ ।’ 

मुख्यमन्त्री संगको भेटमा गिरीले आफुले विभिन्न पाँच वटा विधामा विश्व रेकर्ड राख्न सफल भएको जानकारी गराउनु भएको थियो । राप्ती गाउँपालिका–४ मौरीघाट निवासी गिरीले  भ¥याङ्गको ५० खुड्किला हातले टेकेर सबै भन्दा छिटो हिड्ने विधा १२.६५ सेकेण्डमा पुरा गरी विश्व रेकर्ड बनाउन सफल हुनु भएको थियो ।

त्यसपछी सोही विधाको ७५ खुड्किला २५.०३ सेकेन्डमा दोस्रो विश्व रेकर्ड कायम गर्न सफल भएको, खुट्टाको विचमा फुटवल च्यापेर ५० मिटर समथर जमिनमा उल्टो भई छिटो हिडेर २५.५८ सेकेण्डमा तेस्रो रेकर्ड कायम गरेको, सोही विधामा १० मिटर ४.४९ सेकेण्डमा चौथो रेकर्ड बनाउन सफल भएको जानकारी दिनुभयो ।

यस्तै टायरलाई सन्तुलन गर्दै एक मिनेटमा १२० पटक स्किपिङ खेली पाँचौं विश्व कृतिमान बनाउन सफल हुनु भएको थियो । हालै नेपाली सेनाले गिरीलाई नगद सहित पुरस्कृत समेत गरेको थियो । मुख्यमन्त्री आचार्य सहित शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा(रोज राणा), स्वास्थ्यमन्त्री खेमबहादुर सारु, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपानेलाई आफुले बनाएको रेकर्ड बारे जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार