मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

धकधईमा सरस्वती थर्क बहादुर रायमाझी सेवा फाउन्डेसनको ८औँ साधारण सभा सम्पन्न

Njn Khanal 16+ समाचार ( )
२१ चैत्र २०८२, शनिबार

धकधई । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३, धकधईमा अवस्थित सरस्वती थर्क बहादुर रायमाझी सेवा फाउन्डेसनको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। फाउन्डेसनका अध्यक्ष थर्क बहादुर रायमाझीको सभापतित्वमा आयोजना गरिएको उक्त सभामा प्रमुख अतिथिको रूपमा प्रदेश सभा सदस्य आशीष चौधरीको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वीरबहादुर क्षेत्रीले फाउन्डेसनले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। साधारण सभामा अतिथिहरु तारानाथ त्रिपाठी, सबिर अलि पठान, कान्छा कहाँर, अनिल कौशल, विजय कौशल, रविन्द्र सिंह प्रधान, कृष्ण चन्द्र मिश्रा र राम केवल बिन्द लगायतको उपस्थिति रहेको थियो।

सभामा फाउन्डेसनका आजीवन सदस्यहरूका साथै कार्यसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो। संस्थाको प्रगति र भावी योजनाहरूका बारेमा छलफल गरिएको उक्त कार्यक्रमको सञ्चालन सञ्जय कौशलले गर्नुभएको थियो। विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न यस सभाले फाउन्डेसनको आगामी कार्यदिशा तय गर्दै सफलतापूर्वक समापन भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार