मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अब सिंहदरबार सबै आम नागरिकका लागि खुल्ला हुनेछ : गृहमन्त्री

Ujyalosandeshonline 12431+ समाचार ( )
१ असार २०८१, शुक्रबार

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन् । शुक्रबार आफूले कार्यकालको सयदिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको अन्त्यका लागि आम जनताको लागि सिंहदरबार खुला गरेको बताए । 

उनले भने, ‘सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र थियो । आफ्ना मान्छे भएकाहरुले मात्र छिर्न पाउने थियो । अब सिंहदरबार छिर्न काम हुनु पर्छ । नागरिकता हुनुपर्छ । अब सिंहदरबार छिर्नका लागि कसैलाई चिन्नुपर्दैन । आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउँने त्यसलाई अन्त्य गर्ने हाम्रो प्रयास हो । पहुँचवालाले सिफारिस गर्नुपर्दैन । सुरक्षित तरिकाले आम नेपालीका लागि अब सिंहदरबार खुला छ ।’ 

यस्तै उनले अबदेखि सिधै गृहमन्त्रीलाई समस्या राख्न सकिने पनि बताए ।  गृह मन्त्रालय अन्तर्गतका निकायमा भोली देखिनै क्यूआर कोड राखिने र सो क्यूआर स्क्यान गर्नेबित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्रीकहाँ पु¥याउन सकिने व्यवस्था गरिने उनले जानकारी दिए ।

उनले भने,‘ नागरिकले भन्ने गर्नुहुन्छ नि कहिले काँही मेरो उजुरी लिएन,प्रहरीले मेरो कुरा सुनेन,कर्मचारीले सुनेन भन्ने कुरा उहाँहरुले सुनाउँन कहाँ जाने त ? अब त्यस्तो सिँधै गृह मन्त्रीलाई भन्न सकिन्छ । राम्रोदेखि नराम्रा अनियमिततादेखि लिएर हरेक गुनासाहरू तपाईंले क्यूआर कोड स्क्यान गरी त्यसमार्फत गृहमन्त्रीसम्म पु¥याउन सक्नेगरी व्यवस्था मिलाएका छौं । भोलीबाट धेरैभरीका सबै कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् भन्ने क्यूआर कोड टासेको देख्न सक्नुहुन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार