मुख्य समाचार
परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य | अन्य जिल्लाबाटै पाइने भयो नागरिकताको प्रतिलिपि, नियमावली संशोधन | चक्रवाती आँधी ‘अर्नब’को जोखिम न्यूनीकरणका लागि सरकार उच्च सतर्कतामा | नेपालमा ढुङ्गाका पहाडै पहाड, उपभोगका लागि भने भारतकै भर | कपिलवस्तुमा २६ लाख बढीको भन्सार छलीका सामान बरामद | भारत-नेपाल सीमा सुरक्षा बलबीच सद्भाव र सहकार्यका लागि मैत्रीपूर्ण भलिबल प्रतियोगिता | नेपाल–भारत सीमा सुरक्षा बलका महिला संघबीच छलफल: अनुभव आदानप्रदान र सहकार्यमा जोड | मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल: जातीय छुवाछुत र हिंसा नियन्त्रण प्राथमिकतामा | गैँडाखाल लवकेश्वर सिँचाइ आयोजना सञ्चालनमा, सुनवलदेखि रामग्रामसम्मका किसान लाभान्वित |

परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन

Ujyalosandeshonline 12603+ समाचार ( )
१४ कार्तिक २०८३, शुक्रबार

पश्चिम नवलपरासी । ​पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारस्थित हुलाकी सडक खण्डमा ट्रकको ठक्करबाट एक पत्रकारको मृत्यु भएको छ । ​जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज दिउँसो रामग्राम नगरपालिका वडा नं. २ सेतो पुल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको लु.प्र.०१–०ङ्ग प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

​दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ भलवाडी निवासी अन्दाजी ४०-५० वर्षका पोषकान्त पोख्रेलको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा निधन भएको प्रहरीले जनाएको छ ।

मृतक पोख्रेल रुपन्देहीका विभिन्न स्थानीय सञ्चार माध्यममा कृयाशील पत्रकार हुनुहुन्थ्यो । घटना शृङ्खलालगत्तै ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार