मुख्य समाचार
मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल: जातीय छुवाछुत र हिंसा नियन्त्रण प्राथमिकतामा | गैँडाखाल लवकेश्वर सिँचाइ आयोजना सञ्चालनमा, सुनवलदेखि रामग्रामसम्मका किसान लाभान्वित | मन्त्री सुनिल लम्सालको सक्रियतामा सालझण्डी–ढोरपाटन सडक निर्माणले छायो उत्साह | सडकमा थ्रेसर चलाउन र पराल जलाए कानुनबमोजिम कारबाही हुने – तिलोत्तमा नगरपालिका | भारतीय गाडीमा फल्सबटम बनाएर गाँजा तस्करी, दुई जना प्रहरी नियन्त्रणमा | लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान रिहा | लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खान पक्राउ | चक्रवात ‘अर्नब’को प्रभाव: नेपालमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह | गरुडाको मेयरमा कांग्रेस नेत्री रंगीला देवी जयसवालद्वारा उम्मेदवारी घोषणा | बेनीघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न |

मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल: जातीय छुवाछुत र हिंसा नियन्त्रण प्राथमिकतामा

Ujyalosandeshonline 12596+ समाचार ( )
१२ कार्तिक २०८३, बुधवार

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण, सीमापारी बालबालिकाको ओसारपसार एवं बेचबिखन रोक्ने र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको छ।

सो अवसरमा जातीय छुवाछुतका घटनामा संलग्नलाई कडा कारबाही गर्न प्रहरीको 'दलित सहायता कक्ष'लाई थप सक्रिय बनाउने, प्राप्त उजुरीको शीघ्र सम्बोधन गर्ने र प्रहरी कर्मचारीहरूलाई पीडितमैत्री व्यवहार तथा कानुनी व्यवस्थाबारे नियमित तालिम दिने सहमति भएको छ। साथै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई प्रभावकारी बनाउँदै स्थानीय तह र सीमा क्षेत्रमा निगरानी बढाएर जोखिममा रहेका समुदायको सुरक्षा, संरक्षण र सामाजिक सचेतना अभिवृद्धिमा मन्त्रालय र नेपाल प्रहरीबीच सहकार्य सुदृढ लैजाने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार