कपिलवस्तु । कपिलवस्तुका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको २६ लाख २९ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार प्रहरी टोलीले गोरुसिंडे र कृष्णनगर क्षेत्रबाट कपडा, मोजा, बच्चाको ब्ल्याकेट तथा विभिन्न किसिमका सेक्स टोय र चार्जरहरू नियन्त्रणमा लिएको हो । बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि कृष्णनगर र सुठौली भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।