मुख्य समाचार
आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन |

मर्चवारमा ‘बालेन मोडल’को सरकार बनाउन मतदाता उत्साहित : रास्वपा उम्मेदवार कन्हैया बनिया

Ujyalosandeshonline 12672+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

मर्चवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कन्हैया बनियाले मर्चवार क्षेत्रमा परिवर्तनका लागि मतदातामा उल्लेखनीय उत्साह देखिएको बताउनुभएको छ। काठमाडौंमा देखिएको ‘बालेन मोडल’को सरकार यहाँ पनि बनाउन नागरिकहरू आतुर रहेको उहाँले दाबी गर्नुभयो।

आफ्नो चुनाव लक्षित घरदैलो अभियानका क्रममा मतदातासँगको भेटघाटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बनियाले स्थानीय नागरिकहरूमा सुशासन, पारदर्शिता र विकासप्रति गहिरो चाहना रहेको बताउनुभयो । विशेषगरी काठमाडौंमा बालेन्द्र शाह (बालेन) ले देखाउनुभएको कार्यशैलीले देशभर आशा जगाएको र त्यसको सकारात्मक प्रभाव मर्चवारका मतदातामा समेत परेको उहाँको भनाइ छ।

युवा नेतृत्वप्रतिको विश्वास, इमानदार शासनप्रतिको मोह र नयाँ राजनीतिक संस्कृतिप्रतिको आकर्षणले यहाँका मतदातालाई उत्साहित बनाएको बनियाले स्पष्ट पार्नुभयो। उम्मेदवार बनियाले परम्परागत राजनीतिको प्रभाव तोडिँदै गएको दाबी गर्दै भन्नुभयो, “अब मतदाता कुनै मत एजेन्टको निर्देशनमा होइन, आफ्नो क्षेत्रको समग्र विकास र आउने पुस्ताको सुरक्षित भविष्यका लागि स्वयं सचेत निर्णय लिने अवस्थामा पुगिसकेका छन्। क्षेत्र नं. ४ का मतदाता परिवर्तनको पक्षमा एकताबद्ध हुँदै घण्टीमा मतदान गर्न तयार छन्।”

आगामी फागुन २१ गतेलाई प्रतीक्षारत मतदाताहरूमध्ये युवा, किसान, वृद्धवृद्धा, व्यवसायी लगायत सबै वर्गबाट उल्लेखनीय उत्साह र समर्थन प्राप्त भइरहेको उहाँले बताउनुभयो। “बालेन्द्र शाहजस्ता परिणाममुखी र निर्भीक नेतृत्वप्रति देखिएको भरोसाले यहाँका मतदातामा नयाँ जोश थपेको छ,” बनियाले भन्नुभयो। मर्चवारका मतदाताहरूले यसपटक सुशासन, विकास र आशाको भविष्य कोर्न ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार