मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |
मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |


“कागजमा होइन, कार्यान्वयनमा विश्वास गर्छु” : रास्वपाकी ‘जेन–जी’ उम्मेदवार नर्स खिमा वि.क.

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ पौष २०८२, बुधवार

दाङको दङ्गीशरण गाउँपालिका–२, कलमखोलाबाट उदाएकी २६ वर्षीया खिमा वि.क. अहिले चर्चामा छिन् । पेशाले स्टाफ नर्स रहेकी उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘प्रारम्भिक निर्वाचन’ मा देशभरका पार्टी सदस्यहरूबाट ९,८३५ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ दलित महिला बन्दसूचीमा पर्न सफल भएकी छिन् ।

दाङबाट एकल सिफारिसमा परेकी र पार्टीको २७% ‘जेन–जी’ कोटाको औचित्य पुष्टि गर्न सफल खिमा, अस्पतालको क्याबिन र वार्डमा बिरामीको पीडा देख्दादेख्दै देशको नीतिगत ‘पीडा’ निको पार्न राजनीतिमा आएको बताउँछिन् । आगामी निर्वाचनका लागि दाङ र सिंगो दलित समुदायको आशाको केन्द्र बनेकी उनै खिमा विश्वकर्मासँग विवेक विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

एउटा नर्स, जो बिरामीको सेवामा रमाइरहेको थियो, एकाएक राजनीतिमा आउनुपर्ने आवश्यकता किन महसुस भयो ?

मेरो लागि राजनीति ‘करियर’ होइन, यो एउटा जिम्मेवारी हो । म स्वास्थ्य क्षेत्रमा काम गर्दा मैले जनता र स्वास्थ्यकर्मी दुवैको पीडालाई नजिकबाट नियालेकी छु । मैले संविधान पढेँ, त्यहाँ लेखिएका हक र अधिकारहरू निकै सुन्दर छन् । तर, जब म अस्पतालको ड्युटीमा हुन्छु वा गाउँमा जान्छु, ती अधिकारहरू कागजमै सीमित भएको देख्छु ।

जसले देशलाई श्रम दियो, उसले निर्णय प्रक्रियामा कहिल्यै स्थान पाएन । म त्यस्तो पुस्ताबाट आएकी छु, जसले अब ‘भयो’ भनेर चित्त बुझाउँदैन । राजनीति मेरो लागि सुविधा होइन, सेवामार्फत समृद्ध राष्ट्र निर्माण गर्ने र बहिष्करणमा परेकाहरूको आवाज बोल्ने माध्यम हो । त्यसैले, म स्टेथेस्कोप छोडेर जनताको आवाज संसदमा सुनाउन आएकी हुँ ।

पुराना र स्थापित दलहरू हुँदाहुँदै तपाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै किन रोज्नुभयो ?

किनकि रास्वपा एउटा पार्टी मात्र होइन, यो नयाँ राजनीतिक संस्कृति हो । यहाँ कसको ‘पहुँच’ छ वा को कति वर्षदेखि झोला बोकेर हिँडेको छ भन्ने कुराले अर्थ राख्दैन । यहाँ त ‘क्षमता’ र ‘इमान’ को कदर हुन्छ । म एउटा दलित समुदायको युवती, जसको कुनै राजनीतिक विरासत छैन, आज देशभरका सदस्यहरूबाट ९ हजारभन्दा बढी मत पाएर उम्मेदवार बन्न सक्नु नै रास्वपामा लोकतन्त्र जीवित छ भन्ने प्रमाण हो । यहाँ जात होइन समानता हुन्छ, डर होइन प्रश्नको सम्मान हुन्छ । त्यसैले दलित र ‘जेन–जी’ युवाको आवाज रास्वपामै सुरक्षित देखेर म यहाँ छु ।

तपाईं समानुपातिक प्रणाली र त्यसमा पनि ‘दलित क्लस्टर’ बाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ । यसलाई कसरी न्याय गर्नुहुन्छ ?

हेर्नुस्, समानुपातिक प्रणाली कसैको कृपा वा उपहार होइन, यो हाम्रो संवैधानिक न्याय हो । दलित समुदाय वर्षौंदेखि नीति निर्माणको ‘टेबल’ भन्दा बाहिर छ । हामीलाई धेरै ठाउँमा केवल ‘कोटा’ पुर्याउन वा ताली बजाउन मात्र प्रयोग गरियो, निर्णयात्मक भूमिका दिइएन ।

म त्यो खाडल पुर्न चाहन्छु । मेरो उम्मेदवारी केवल समावेशी कोटा भर्नका लागि होइन । म संविधानले दिएको दलित महिला तथा विपन्न समुदायको हक अधिकार कागजबाट निकालेर व्यवहारमा कार्यान्वयन गराउन चाहन्छु । म संसदमा दलित समुदायको ‘प्रतिनिधि’ मात्र होइन, एउटा ’सशक्त हस्तक्षेप’ बन्न चाहन्छु ।

तपाईंले आफूलाई ‘जेन–जी’ को प्रतिनिधि भन्नुहुन्छ । यो पुस्ताका लागि तपाईंसँग के योजना छ ?

म आफैं २६ वर्षकी भएँ, त्यसैले युवाहरूको पीडा र सपना म राम्रोसँग बुझ्छु । मेरो स्पष्ट ‘ब्लु–प्रिन्ट’ छ– शिक्षालाई सीपसँग र सीपलाई रोजगारीसँग जोड्ने । हामीलाई घोक्ने शिक्षा होइन, बिक्ने शिक्षा चाहिएको छ । मेरो एजेन्डामा युवा उद्यमशीलता कोष, स्थानीय रोजगारी नीति र डिजिटल शिक्षाको पहुँच प्राथमिकतामा छन् । साथै, राज्यले तोकेको पारिश्रमिक कार्यान्वयन र श्रमिकको सम्मान मेरो प्रमुख मुद्दा हो । युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न नेपालमै ’सम्भावना’ देखाउनु मेरो दायित्व हुनेछ ।

स्वास्थ्यकर्मी हुनुको नाताले स्वास्थ्य क्षेत्र सुधारका लागि तपाईंका खास एजेन्डाहरू के छन् ?

नीति निर्माण कोठामा बसेर होइन, अनुभवबाट बन्नुपर्छ भन्ने मेरो मान्यता हो । म नर्स हुँ, मैले देखेकी छु– दुर्गममा सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता र शहरमा उपचार खर्चले घरखेत जाने अवस्था । मेरो प्राथमिकता भनेको गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्यमा समान पहुँच हो । कागजमा सीमित सुलभ स्वास्थ्य सेवालाई व्यवहारमा उतार्न, स्वास्थ्यकर्मीको उचित सेवा सुविधा सुनिश्चित गर्न र ‘प्रसव पीडा’ मा रहेको हाम्रो स्वास्थ्य प्रणालीलाई ’मलमपट्टी’ लगाउन म संसदमा लड्नेछु ।

यदि संसदमा पुग्नुभयो भने, हामीले ‘सांसद खिमा विश्वकर्मा’ लाई कस्तो भूमिकामा देख्नेछौं ?

तपाईंले मलाई संसदको कुनाको सिटमा मौन बस्ने सांसदका रूपमा देख्नुहुने छैन । म सुविधा भोगी होइन, सदाचार र सादगी सहितको एउटा ‘चट्टानी’ आवाज बन्नेछु । संसद मेरो लागि जागिर वा करियर होइन, यो त जनताको सेवा गर्ने पवित्र थलो हुनेछ । म सुशासनका लागि प्रश्न सोध्न कहिल्यै डराउने छैन र नीति निर्माणमा आफ्नो पुस्ता, महिला र दलित समुदायको बलियो उपस्थितिलाई सुनिश्चित गर्नेछु ।

अन्त्यमा, दाङबासी र आम मतदातालाई के भन्न चाहनुहुन्छ ?

म दाङको छोरी हुँ, लुम्बिनीको चेली हुँ । यदि तपाईं लोकतन्त्रको बगैँचामा फक्रिन खोजेको एउटा इमानदार फूललाई संसदमा देख्न चाहनुहुन्छ भने, मेरो उम्मेदवारी तपाईंका लागि एउटा अवसर हो । यो केवल उम्मेदवारी होइन, यो बहिष्करण विरुद्धको आवाज हो । म तयार छु– जेन–जी पुस्ता, दलित महिला र विपन्न समुदायसँगै समग्र जनताको आवाज संसदसम्म पु¥याउन । आउनुहोस्, अब कागजमा होइन, कार्यान्वयनको सुनिश्चितताका लागि ’घण्टी’ बजाऔं। जय घण्टी !

प्रतिक्रिया

Tilak Kc १७ पौष २०८२, बिहीबार

यत्तिको उमेरमा यो हदसम्मको काम गर्न सक्ने महिला जेन्जी कलस्टर दलितबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकको बन्द सूचीमा पर्न सफल भएकोमा धेरै धेरै धन्यवाद

Tilak Kc १७ पौष २०८२, बिहीबार

यत्तिको उमेरमा यो हदसम्मको काम गर्न सक्ने महिला जेन्जी कलस्टर दलितबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकको बन्द सूचीमा पर्न सफल भएकोमा धेरै धेरै धन्यवाद

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार