मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सहकारी ठगलाई कारबाहीको माग गर्दै तरुण दलले प्रदर्शन गर्ने

Ujyalosandeshonline 12441+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सहकारी ठगीमा संलग्नलाई कारबाही र हजारौँ बचतकर्ताको रकमको सुरक्षाको माग गर्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गर्ने भएको छ । 

संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानविन समिति गठनको माग गदै आएको छ भने कांग्रेसकै भ्रातृसंस्था तरुण दलले सडकबाट दबाब बढाउने भएको हो ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।

‘सोमबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्यो । देशभरिबाट सहकारी पीडितहरूले हारगुहार गरिरहेको अवस्था छ,’ गुरुङले भने, ‘यस्तोमा सरकार रमिने बनेर बस्न मिल्दैन । हामीले सहकारी ठगलाई कारबाही र बचतकर्ताको रकमको सुरक्षाका लागि सडक प्रदर्शनको गर्दैछौँ ।’ बुधबार दिउँसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर बृहत् ¥याली निकालिने उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार