मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने

Ujyalosandeshonline 11564+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

काठमाडौं ।  नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरु गर्न  लागेको जनाएको छ ।

यस अघि नेपाल एलपी ग्यास उद्योग संघबाट माघ ३० गतेका दिन उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीको समुपस्थितिमा नेपाल आयल निगमका संचालक समिति पदाधिकारीहरु, निगमका पदाधिकारीहरु र नेपाल एल पि ग्यास उद्योग संघका पदाधिकारीहरु विच भएको छलफलले माग संवोधन सम्बन्धमा मन्त्रीबाट गृहकार्य गर्न थप १५ दिनको समय माग गर्दै फागुन १५ गते बुधवारसम्मको लागि विरोधका कार्यक्रमहरु स्वगीत गरिएको थियो । तर हाल सम्म केही निष्कर्ष नआएको हुँदा विरोधका कार्यक्रमहरु पुनः संचालन गर्नुपरेको एलपी ग्यास उद्योग संघले विज्ञप्ती मार्फत जानकारी गराएको  छ ।

यस्ता छन् विरोधका कार्यक्रमहरु

१.  २०८१/११/१८ गतेदेखि पिडिओ एम्त्त नउठाउने नबनाउने।

२. २०८१/११/२४ गतेदेखि रिफाइनरीबाट लोडिङ नगराउने ।

३. २०८१/१२/०१ गतेदेखि भन्सारबाट बुलेट नछुट्याउने ।

४. २०८१/१२/०७ गतेदेखि उद्योगहरुबाट ग्यासको विक्री वितरण बन्द गर्ने ।

५. २०८१/१२/११ गतेदेखि डिलरहरुबाट ग्यासको विक्री वितरण बन्द गर्ने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार