मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |
मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |


ग्रे मोबाइल कारोबार बन्द गर्न र मार्जिन बढाउन माग

Ujyalosandeshonline 11564+ समाचार ( )
१८ असार २०८१, सोमबार

काठमाडौ । मोबाइल फोन इम्पोर्टर एसोसियसनका अध्यक्ष दिपक मलहोत्राले नेपालमा अबैध तरिकाबाट भंसार छलेर भित्रिएका मोबाइल (ग्रे फोन)को कारोबार बढेको बताएका छन्।

मोबाइल ब्यवसायी महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण कार्यक्रमलाई नगरकोटमा सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षसमेत रहेका मलहोत्राले ग्रे मोबाइलले बजारको ठूलो हिस्सा ओगटेको र त्यसले देशको राजश्वमासमेत नकारात्मक असर गरेको बताए।

ग्रे मोबाइलले बजार बिगारेको छ, ग्रे फोनको कारोबार सबै मिलेर बन्द गरौं, ब्यवसायी, इम्पोर्टर, डिस्टिब्युटर सबै ग्रेलाई रोक्न लागौं, त्यसले देशको राजश्वलाई पनि घाटा भएको छ,’ मलहोत्राले भने । उनले ग्रे फोनको कारोबार बन्द भए ब्यवसायीले पाउने मार्जिनसमेत बढाउन सकिने बताए ।

‘तपाइहरु ग्रे फोनको कारोबार बन्द गर्न लाग्नुस, ग्रे फोनको कारोबार बन्द भए मोबाइल बिक्री गर्दा तपाइँहरुले पाउने मार्जिन बढाउन सकिन्छ,’ मलहोत्राले भने । मलहोत्राले मोबाइल ब्यवसायलाई मर्यादित बनाउन आफू निरन्तर लागिरहेको बताउँदै सरकारले मोबाइल फोनमा तत्काल एमडिएमएस प्रणाली लागू गरेर मोबाइल सेवालाई ब्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष भरत भट्टराईले राज्यलाई दोस्रो ठूलो राजस्व तिर्ने मोबाइल ब्यवसायलाई बलियो बनाउन सरकारले कानुनी रुपमासमेत स्पष्ट नीति लिनु पर्ने बताए ।

‘मोबाइल ब्यवसायीले देशलाई ठूलो अंकमा राजश्व बुझाएका छन, तर ब्यवसायीले मोबाइल मर्मत तथा बिक्री गर्दा समस्या झेल्नु परिरहेको छ, सेकेन्ड ह्यान्डको बिक्रीमा स्पस्ट नीति छैन, सेवाग्राही मोबाइल बिग्रेर बनाउन आउँदा ब्यवसायीले झमेला ब्यहोर्नु परिरहेको छ,’  महासंघका अध्यक्ष भट्टराईले भने ।

भट्टराईले ब्यवसायीले पाउने मोबाइल फोन बिक्री वापतको मार्जिनलाई बिना अलमल सरकारले निर्धारण गरेअनुसार दिइनु पर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष सोभित प्रसाईंले मोबाइलमा ब्यवसायीलाई दिइने मार्जिन बढाए ग्रे फोनको कारोबार आफैं रोकिने धारणा राखे। हाल ब्यवसायीले मोबाइल बिक्री गर्दा पाँच प्रतिशत मार्जिन पाउने गरेका छन्।

‘हामी छौं’ अभियान

नेपाल मोबाइल ब्यवसायी महासंघले ब्यवसायीलाई असहज अवस्था पर्दा सहजिकरण गर्न ‘हामी छौ’ अभियान सुरु गरेको छ । नगरकोटमा सम्पन्न केन्द्रिय समिती बैठकमार्फत महासंघले ब्यवसायीलाई कुनै पनि आपतविपतका समयमा सहजीकरण गर्न अभियान सुरु गर्ने घोषणा गरेको हो ।

प्राकृतिक प्रकोप, विपद अथवा अन्य कुनै पनि असहज अवस्थामा ब्यवसायीको साथमा संस्था हुनै पर्दछ, त्यस्तो अवस्थामा सहजीकरण गर्नका लागि महासंघले हामी छौं अभियान सुरु गरेको छ,’ महासंघका अध्यक्ष भट्टराईले भने ।

सो अभियानमार्फत भविष्यमा अन्य पक्षलाईसमेत समेट्दै लैजाने लक्ष्य महासंघले लिएको छ। महासंघले केन्द्रीय समिति बैठकमार्फत ब्यवसायीको दक्षता वृद्धि गर्न आवश्यक नीति तय गर्ने,आवश्यकता अनुसार जिल्ला तथा प्रदेशमा सर्भिस सेन्टर स्थापना गर्ने लगायतका निर्णय गरेको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार